ईडीले मेसर्स एसबीपीएल प्रमोटरको 94 करोड़भऩ्दा अधिकको सम्पत्ति जफत गऱ्यो
ईडीले मेसर्स एसबीपीएल प्रमोटरको 94 करोड़भऩ्दा अधिकको सम्पत्ति जफत गऱ्यो


नयाँ दिल्ली, 31 मार्च (हि.स.)। प्रवर्तन निदेशालय (ईडी) ले विभिन्न घर खरीदारहरूलाई धोका दिएको मामिलामा मनी लन्ड्रिङ एक्ट अन्तर्गत सिद्धार्थ बिल्डहोम प्राइवेट लिमिटेडका प्रमोटर सिद्धार्थ चौहान र अन्यको 94.82 करोड़ रूपियाँको सम्पत्ति जफत गरेको छ।

ईडीले सोमवार एक बयानमा भनेको छ, विभिन्न घर खरीदारहरूको साथ धोखाधड़ीको एक मामिलामा मेसर्स सिद्धार्थ बिल्डहोम प्राइवेट लिमिटेड (मेसर्स एसबीपीएल) का प्रमोटर सिद्धार्थ चौहान, उनको कम्पनीहरू र अन्य व्यक्तिहरूसित सम्बन्धित 94.82 करोड़ रूपियाँ मूल्यको अचल सम्पत्तिहरू अन्तरिम रूपमा जफत गरिएको छ। ईडी, गुरुग्राम जोनल कार्यालयले यो कारबाही धन शोधन निवारण अधिनियम-2002 का प्रावधानहरू अन्तर्गत गरेको हो। जफत गरिएका सम्पत्तिहरूमा हरियाणाको गुरुग्राम स्थित जमीनका केही हिस्सा, घर र वाणिज्यिक भवन सामेल छ।

ईडीले मामिलाको जाँच दिल्लीको आर्थिक अपराध शाखा (ईओडब्‍ल्‍यू) को तर्फबाट दर्ता एफआईआरको आधारमा शुरू गरेको थियो। ईओडब्ल्यूले मेसर्स एसबीपीएल र अन्य विरूद्ध प्रोजेक्ट एस्टेला र एनसीआर वन तथा गुरुग्रामका विभिन्न घर खरीदारहरूको शिकायतहरूको आधारमा एफआईआर दर्ता गरेको थियो। यिनीहरूले साल 2002 मा होम बायर्सलाई घेर दिने वाचा गरेका थिए तर समयमा घर नदिइएको आरोप छ। यस मामिलामा जाँच जारी छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande