नयाँ दिल्ली, 31 मार्च (हि.स.)। केन्द्रिय संसदीय कार्य एवं अल्पसंख्यक मामिलाहरूका मन्त्री किरेन रिजिजूले वक्फ संशोधन विधेयकलाई लिएर केही राजनीतिक दल, संगठन र समूहले भ्रम फैलाउने प्रय़ास गरिरहेको भनेका छऩ्। सरकारले यस विधेयकलाई संसदमा ल्याउन गइऱहेको छ र विपक्षसित यसमाथि तार्किक बहस गरिने अपील गरेका छन्।
वक्फ संशोधन विधेयकमा पत्रकार वार्ता गरी मन्त्री रिजिजूले भने, लोकतन्त्रमा सबैलाई आफ्नो कुरा राख्ने अधिकार छ तर झूटो फैलाइनु हुँदैन। विधेयकबारे ना-ना थरीको भ्रम फैलाइँदैछ। यसलाई असंवैधानिक बताइँदैछ। यो पनि भनिन्दैछ कि यसबाट मुसलमानहरूको जमीन खोसिनेछ। यस प्रकारको झूट देश र समाजको निम्ति नोकसानदायक हो। यस्तै किसिमको झूट सीएएमा पनि फैलाइँएको थियो। यस देशमा अल्पसंख्यक सबैभन्दा अधिक सुरक्षित र स्वतन्त्र छन्, यसमाथि हामी सबैलाई गर्व हुनुपर्छ। वक्फ विधेयक व्यापक विचार-विमर्शपछि भएको हो। यसमाथि संयुक्त संसदीय समितिले पनि परामर्श प्रक्रिया र लोकतान्त्रिक तरीकाले सबैको प्रतिनिधित्व सुनिश्चित गर्दै तयार पारेको छ। म सबै राजनीतिक दलहरूसित विधेयकमाथि हुने चर्चामा भाग लिने अनुरोध गर्दछु। कृपया यस मामिलामा भ्रमित नगरियोस्।
हिन्दुस्थान समाचार / भवानी थामी