नयाँ दिल्ली, 31 मार्च (हि.स.)। लोकसभामा नेता प्रतिपक्ष राहुल गान्धीले केन्द्रिय महिला एवं बाल विकास मन्त्री अन्नपूर्णा देवीलाई चिट्ठी लेखेर देशको आंगनवाड़ी कार्यकर्ताहरूको समस्याहरूतिर ध्यान आकर्षित गरेका छन्। उनले आफ्नो चिट्ठीमा आंगनवाड़ी कार्यकर्ताहरूलाई ग्रेच्युटी भुकतान गरिने तथा अन्य केही समस्याहरूतिर मन्त्रीको ध्यान आकर्षित गरेका छऩ्।
राहुल गान्धीले आफ्नो चिट्ठीमा लेखेका छन्, मैले हालमा अखिल भारतीय आंगनवाड़ी कर्मचारी समितिको एक प्रतिनिधिमण्डललाई भेटे औं उनीहरू सामू आइपर्ने चुनौतीहरूमाथि चर्चा गरे। आंगनवाड़ी कार्यकर्ता र सहायिका एकीकृत बाल विकास सेवा (आईसीडीएस) कार्यक्रमको रीढ़ हुन्, जसले भोक र कुपोषणसित लड्नका साथै प्री-प्राइमरी शिक्षा प्रदान गरी महिलाहरू र नानीहरूको अथक सेवा गर्छन्। कोविड-19 संकटमा उनीहरूले आफ्नो कर्तव्यदेखि अगाड़ी बढ़ेर अधिक व्यक्तिगत जोखिम उठाउँदै फ्रन्टलाइन वर्करको रूपमा काम गरे। राष्ट्रको विकासको निम्ति कड़ा मेहिनत गरेपनि आंगनवाड़ी कार्यकर्ता र सहायिकाहरू अपर्याप्त वेतन, काम गर्ने स्थिति र सामाजिक सुरक्षाको कमीसित जुझिरहेका छन्।
नेता प्रतिपक्षले भने, प्रतिनिधिमण्डलद्वारा उठाइएका सबै महत्वपूर्ण मुद्दाहरूमध्ये एक ग्रेच्युटीको भुकतान नगरिनु हो। आंगनवाड़ी कार्य़कर्ताहरू र सहायिकाहरूलाई औपचारिक कर्मचारीको रूपमा मान्यता दिइएको लगभग तीन वर्ष भइसकेको छ, जस अन्तर्गत उनीहरूलाई ग्रेच्युटी भुकतान अधिनियम, 1972 अन्तर्गत ग्रेच्युटीको अधिकार दिइएको छ। तरैपनि भारत सरकारले यस फसेलालाई लागू गर्नका लागि कुनै कदम उठाएको छैन। मलाई विश्वास छ, दशकौंसम्म प्रतिबद्धताको साथ काम गर्ने कर्मचारीहरूले पर्याप्त सेवानिवृत्ति लाभ पाउनुपर्नेछ भन्ने कुरामा तपाई सबै सहमत छन् होला।
हिन्दुस्थान समाचार / भवानी थामी