पाकिम, 15 अप्रेल (हि.स.)। पाकिम जिल्लाको कार्थोक आर्चरी फिल्डमा चलिरहेको 23औं मुख्यमन्त्री कम्पाउण्ड आर्चरी स्वर्ण कप प्रतियोगिताको छैटौं दिन ताथाङचेन गोल्ड र केआरजे रालोङबीच एकतर्फी स्पर्धा भयो। ताथाङचेन गोल्डले प्रतिद्वन्दी दललाई 79-10 ले पराजित गऱ्यो। विजेता दलका साम्सो भोटियालाई म्यान अफ् द म्याच चयन गरियो।
आज विधायक टीटी भोटिया मुख्य अतिथि तथा क्षेत्र विधायक पामिन लेप्चा विशिष्ट अतिथि थिए। पाकिम जिल्ला आर्चरी एसोसिएशनले पाकिम जिल्ला प्रशासनको समन्वयमा आयोजना गरिरहेको प्रतियोगितामा बडापाथिङ जीपीयू र पाराखा जीपीयूका कलाकारहरूले रंगारंग सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे।
यस अवसरमा पीएमजेएवाई पञ्जीकरण शिविर, नि:शुल्क स्वास्थ्य शिविर, स्वयं सहायता समूह स्टल, परम्परागत झुपडी र सांस्कृतिक प्रदर्शनी, स्वदेशी धनुष र तीरहरूको प्रदर्शनी पनि कार्यक्रमको आकर्षण रहेको छ। आज पनि गुड्डी उडाउने र डार्ट प्रतियोगिता आयोजन गरियो।
हिन्दुस्थान समाचार / बिशाल