मुर्शिदाबाद हिंसामा हाई कोर्टमा जनहित याचिका दर्ता गर्नेछन् प्रियंका टिबरेवालले
मुर्शिदाबाद हिंसामा हाई कोर्टमा जनहित याचिका दर्ता गर्नेछन् प्रियंका टिबरेवालले


कोलकाता, 15 अप्रेल (हि.स.)। पश्चिम बंगाल भाजपा महासचिव प्रियंका टिबरेवालले मुर्शिदाबादमा भएको हिंसालाई लिएर कलकत्ता उच्च न्यायालमा जनहित याचिका (पीआईएल) दर्ता गर्ने निधो गरेकी छन्। भाजपा नेत्रीले दाबी गरिन्, मुख्यमन्त्री ममता ब्यनर्जी जिहादीहरूको पक्षमा रहेको कारणले हिंसापछि हिन्दूहरू आफ्नो घरबाट भाग्न बाध्य भइरहेका छन्।

उनले कोलकातामा भनिन्, आज पश्चिम बंगालमा बंगालीहरूको लागि नयाँ वर्ष हो र राज्यका बंगाली हिन्दूहरूलाई एक ठाउँदेखि अर्को ठाउँमा भाग्न परिरहेको छ, किनभने यहाँकी मुख्यमन्त्री जिहादीहरूको पक्षमा छन्। केही मानिसहरू भन्छन्, मानिसहरू बंगालभित्र मात्र पलायन भइरहेका छन्, तर यो ठिक हो।

उनले भनिन्, म मुर्शिदाबादको घटनाको सम्बन्धमा कलकत्ता उच्च न्यायालमा भोलि एउटा जनहित याचिका दर्ता गराउनेछु। म पीड़ितहरूको लागि न्यायको माग गरिरहेकी छु साथै क्षतिपूर्तिको पनि माग गरिरहेकी छु। यो क्षतिपूर्ति ममता ब्यनर्जी सरकारले दिनुपर्छ।

तथापि वक्फ (संशोधन) अधिनियमको विरोधमा भएको प्रदर्शनमा हिंसा शुरू भएपछि केन्द्रिय बलहरूलाई तैनाथ गरिएको छ जसले गर्ता स्थिति नियन्त्रणमा छ। तर पछिल्लो एक सातादेखि नै मुर्शिदाबादमा हिंसारूपी आगो सल्किरहेको थियो। फलस्वरूप ठूलो संख्यामा हिन्दूहरू त्यहाँबाट भाग्न बाध्य भएका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande