कोलकाता, 15 अप्रेल (हि. स.)। पश्चिम बंगाल विधानसभामा विपक्षका नेता शुभेन्दु अधिकारीले मुर्शिदाबाद हिंसालाई लिएर माकपामाथि तीव्र प्रहार गरेका छन्। उनले आरोप लगाए, विपक्षी 'इण्डी' गठबन्धनको राजनीतिक बाध्यताको कारणले तृणमूल कंग्रेसको आलोचना गर्नदेखि माकपा बचिरहेको छ जबकि यस हिंसामा माकपाका दुईजना सक्रिय कार्यकर्ताहरूको ज्यान गएको छ।
शुभेन्दु अधिकारीले मुर्शिदाबाद जिल्लाको शमशेरगञ्जमा मारिएका हरगोविन्द दास र उनको छोरा चन्दन दासको उल्लेख गर्दै भने, स्वं माकपाका राज्य सचिव तथा पोलितब्यूरो सदस्य मोहम्मद सलिमले यिनीहरूलाई पार्टीका सक्रिय कार्यकर्ता बताएका थिए।
उनले सलिममाथि झुटो बयान दिएको आरोप लगाउँदै भने, सलिमले दाबी गरेका थिए कि दुवैको हत्या त्यसबेला भयो जतिबेला उनीहरूले मुर्शिदाबादमा दंगालाई रोक्ने पय्रास गरिरहेका थिए। तर हरगोविन्द दासकी पत्नीद्वारा दर्ता सिकायतमा स्पष्ट लेखिएको छ, गत 12 अप्रेलको बिहान बिहान 10:30 बजे केही असामाजिक तत्वहरूले उनीहरूको घरमा पसेर उनीहरूको हत्या गरिदिए। के कसैले दंगालाई रोक्ने प्रयास आफ्नो घरबाट गर्न सक्छन् र?
शुभेन्दु अधिकारीले यो आरोप पनि लगाए, सलिमले नियोजित रूपमा आरोपीहरूको नाम सार्वजनिक गरिरहेका छैनन्, किनभने उनी एक विशेष धर्मसित सम्बन्धित छन् जस्तो कि सिकायतमा उल्लेख गरिएको छ।
उनले सलिमलाई सम्बोधन गर्दै भने, तपाई एकजना ज्ञानी व्यक्ति हुनुहुन्छ र मेरो कुरा राम्ररी बुझ्नुहुन्छ। तर तपाईले साँचो कुरालाई खुलेर स्वीकार गर्न सक्नुहुन्न, किनभने तपाईको पार्टी 'इण्डी' गठबन्धनमा सामेल छ जसमा तृणमूल पनि सामेल छ। तपाईले राज्य सरकारको आलोचना गर्न सकिरहनु भएको छैन, किनभने हत्यारा सत्ताधारी पार्टीको संरक्षणमा छ। ।
यस घटनापछि शुभेन्दु अधिकारीले कलकत्ता हाई कोर्टमा याचिका दर्ता गरेका थिए जसको निर्देशमा हिंसा प्रभावित क्षेत्रहरूमा केन्द्रिय बलहरूलाई तैनाथ गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा