बोर्ड गठनपूर्व जलपाईगुड़ीमा तनाउ, ममता समर्थक केही पार्षदहरूको घरमा हमला भएको आरोप
बोर्ड गठनपूर्व जलपाईगुड़ीमा तनाउ, ममता समर्थक केही पार्षदहरूको घरमा हमला भएको आरोप


जलपाईगुड़ी, 19 सेप्टेम्बर (हि.स.)। जलपाईगुड़ीमा नगर बोर्ड गठन हुनै लागेको अवस्तामा राजनीतिक तनाउ बढ़ेको छ। गए शुक्रवार अबेर राती ममता ब्यानर्जी समर्थक केही पार्षदहरूको घरमा हतियारधारी उपद्रवीहरूले हमला गरेको अनि धम्की दिएको आरोप लगाइएको छ। घटनापछि शनिवार हुने बोर्ड गठनको बैठकमाथि पनि अनिश्चिताको कालो बादल मड़ारिरहेको छ।

भनिन्छ, बोर्ड गठनको सन्दर्भमा शनिवार जलपाईगुड़ी नगरपालिकामा बैठक प्रस्तावित थियो। यसअघि बितेको शुक्रवार अबेर राती शहरका केही वार्डहरूमा पार्षदहरूको घरमा हमला अनि धम्की दिएको सिकायत सार्वजनिक भएको छ।

चेयरम्यान पदको लागि नामाङ्कित 15 नम्बर वार्डका पार्षद तपन बन्द्योपाध्यायको घरमा राती लगभग 3 बजे हमला गरिएको आरोप छ। उनकी पत्नी सङ्गीता बन्द्योपाध्यायले आरोप लगाइन्, हमलाकारीहरूले हवाई फायरिङ्ग पनि गरे।

तपन बन्द्योपाध्यायले दाबी गरे, बोर्ड गठनलाई रोक्ने उद्देश्यले यो हमला गरिएको हो।

यस अतिरिक्त 18, 19 र 21 नम्बर वार्ड समेत अन्य कतिपय क्षेत्रहरूमा पनि ममता समर्थक पार्षदहरूको घरमा गएर धम्की दिएको अनि सीसीटीभी क्यामरा फुटाइदिएको आरोप सामु आएको छ। गटनापछि शहरको माहोल भय अनि तनाउपूर्ण भएको छ।

यसबीच महकुमा प्रशासनद्वारा नगरपालिकालाई पत्र पठाएर वर्तमान स्थितिलाई ‘विचाराधिन’ बताउँदै बोर्ड गठनको निम्ति शनिवार हुने बैठकलाी स्थगित राख्ने अनुरोध गरिएको छ।

हाल हमला र धम्कीका आरोपहरूको जाँच सम्बन्धी स्थिति स्पष्ट भएको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande