वाशिङ्गटन, 18 अप्रेल (हि.स.)। अमेरिकामा खालिस्तान समर्थक संदिग्ध आतङ्की एवं ग्याङ्गस्टर ह्याप्पी पासियालाई पक्राउ गरिएको छ। पासियामाथि भारतको चण्डीगढका साथै पंजाबमा धेरै ठाउॅं आक्रमणको आरोप छ। उसलाई इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले कस्टडीमा लिएको छ।
उसको पक्राउमा भारतीय जॉंच एजेन्सी (एनआईए) ले पॉंच लाख रूपियॉंको इनाम राखेको थियो। उसलाई शनिवार राति पक्राउ गरिएको हो। जॉंच एजेन्सीहरूलाई पासियाले पाकिस्तानी खुफिया एजेन्सी आईएसआईसॅंग मिलेर भारतमा आतङ्की गतिविधि चलाइरहेको थाहा लागेको छ।
एसोसिएटेड प्रेस अनुसार, पासिया पाकिस्तानमा लुकेर बसेका खालिस्तानी आतङ्की हरिवन्दर सिंह रिंदाको निम्ति काम गर्छन्। पंजाबको जालन्धरका एक पूर्व पुलिस अधीक्षक र उनको परिवार उसको निशानामा थियो। उसलाई चॉंडै भारत ल्याइने छ।
हिन्दुस्थान समाचार / भवानी थामी