कछारमा भाजपा कार्यकर्ताहरूसॅंग दिलीप सैकियाले गरे चर्चा
कछारमा भाजपा कार्यकर्ताहरूसॅंग दिलीप सैकियाले गरे चर्चा


कछार, 21 अप्रेल (हि.स.)। असम भाजपा अध्यक्ष दिलीप सैकियाले सोमवार कछार जिल्ला कार्यालयमा पार्टीका वरिष्ठ कार्यकर्ताहरूसॅंग बैठक गरेर पञ्चायत चुनाउको रणनीतिमाथि चर्चा गरे। यस अवधि उनले संगठनलाई दह्रिलो बनाउन र मन की बात कार्यक्रम जस्ता अभियानहरूलाई बूथ स्तरसम्म पुऱ्याउने दिशामा कार्यकर्ताहरूको भूमिकामाथि प्रकाश पारे।

दिलीप सैकियाले भने, पार्टी कार्यकर्ताहरूको प्रेम र सहयोगले मलाई भावविभोर बनायो। बूथ समितिहरूलाई दह्रिलो बनाउने दिशामा हरेक कार्यकर्ताहरूले अग्रणी भूमिका निर्वाह गर्नुपर्छ।

कार्यक्रममा उनको साथमा भाजपा कछार जिल्ला अध्यक्ष रूपम साहा, मन्त्री कौशिक राय, प्रदेश उपाध्यक्ष डा. राजदीप राय, प्रदेश सचिव कनाड पुरकायस्थ, वरिष्ठ नेता बिस्वरूप भट्टाचार्य आदि पनि उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande