9 Apr 2025, 1:38 HRS IST

मोटरसाइकल चोरी गर्ने गिरोहको खुलासा
मोटरसाइकल चोरी गर्ने गिरोहको खुलासा


हुगली, 03 अप्रेल (हि.स.)। हुगली ग्रामीण पुलिसको विशेष जॉंच टोलीले मोटरसाइकल चोरी गर्ने गिरोहका नाइकेलाई पक्राउ गरेको छ। आरोपीको नाम शेख राहुल (29) हो।

आरोपीसॅंग सोधपुछ गरेपछि दादपुरबाट अर्को आरोपीलाई पक्राउ गरिएको थियो। पक्राउ परेका आरोपीको पहिचान शेख मफिजुल (34) को रूपमा गरिएको छ। पक्राउ परेका आरोपीहरूको बयानको आधारमा पुलिसले दादपुर पुलिस थाना क्षेत्र जंगीपाडा, बलागढ र गुडापबाट चोरी भएका चारवटा मोटरसाइकल र छिमेकी जिल्ला पूर्वी बर्दवानको मेमारी र कालना पुलिस थाना क्षेत्रबाट चोरी भएका दुईवटा मोटरसाइकल बरामद गरेको छ।

पक्राउ परेका आरोपीहरूलाई आज चुचुडा अदालतमा पेश गरिएको थियो र पुलिसले उनीहरूको हिरासतको माग गरेको थियो। चोरीका मोटरसाइकल बिक्रीमा संलग्न गिरोहका अन्य सदस्यहरू र नेटवर्कको बारेमा जानकारी सङ्कलन गर्न पुलिस प्रयासरत छ।

दुवै आरोपी पाण्डुआ पुलिस थाना क्षेत्रको नमाजपाडाका बासिन्दा हुन्। उनीहरूमाथि यसअघि पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको आरोप लगेको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande