गुवाहाटी, 08 अप्रेल (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले मंगलवार सोशियल मिडियाको माध्यमद्वारा असम अब देशको तेस्रो सबैभन्दा तीव्र गतिमा अगाडि बढिरहेको राज्य बनेको जानकारी गराएका छन्। उनले स्थिर मूल्यहरूमा सकल राज्य घरेलू उत्पाद (जीएसडीपी) को वृद्धि दर 7.94 प्रतिशत दर्ता गरिएको जानकारी गराएका छन्।
मुख्यमन्त्रीले भने, हाम्रो प्रो इन्वेस्टमेन्ट नीति र पूर्वाधार, संस्थान र व्यक्तिहरूमा निरन्तर निवेश यस विकासको प्रमुख कारण हो। केही वर्ष अघिसम्म यस्तो प्रगतिको कल्पनासमेत गर्न सकिॅंदैन थिया।
डा. सरमाले राज्यको आर्थिक विकासलाई नयॉं सम्भावनाहरूको द्वार बताउॅंदै सरकारको लक्ष्य अब अझ धेरै निवेश आकर्षित गर्नु र रोजवारको अवसर बढाउनु रहेको बताएका छन्।
हिन्दुस्थान समाचार / बिशाल