मुख्यमन्त्री ब्यनर्जीले 21 अप्रेलमा जिन्दल थर्मल पावर प्लान्टको आधारशिला राख्ने
मुख्यमन्त्री ब्यनर्जीले 21 अप्रेलमा जिन्दल थर्मल पावर प्लान्टको आधारशिला राख्ने


कोलकाता, 17 अप्रेल (हि.स.)। मुख्यमन्त्री ममता ब्यनर्जीले आगामी 21 अप्रेलमा शालबनीमा जिन्दल थर्मल पावर प्लान्टको आधारशिला राख्नेछन् साथै त्यसको भोलिपल्ट गोआलतोरमा सौर ऊर्जा प्लान्टको उद्घाटन गर्नेछन्। स्थानीय मानिसहरूलाई आशा छ, यसबाट ठूलो संख्यामा स्थानीय मानिसहरूले रोजगार पाउनेछन्।

बिहिवार नवान्नमा पत्रकारहरूसित बातचित गर्दै ममताले भनिन्, बंगाल उद्योगको लागि नयाँ ठेगाना हो। आगामी 21 अप्रेलको अपरान्ह 2 बजे शालबनीमा जिन्दलको थर्मल पावर प्लान्टको आधारशिला राखिनेछ। जति-जति समय बित्दै गइरहेको छ, मानिसहरूको संख्या पनि बढ़्दै गइरहेको छ। परिणामस्वरूप माग बढ़िरहेको छ। पहिला एसी प्रयोग गरिदैनथ्यो। अब लगभग सबै मानिसहरूले एसी प्रयोग गर्छन्। बिजुलीको खपत 11 प्रतिशत बढ़ेको छ।

उल्लेखनीय छ, शालबनीमा 800 मेगावाटका दुईवटा संयन्त्र स्थापना गरिँदैछ। जिन्दल बन्धुहरूले 16,000 करोड़ रुपियाँभन्दा अधिक निवेश गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande