रेलवे संसदीय स्थायी समितिले रेल अवसंरचना र पर्यटन विकासको समीक्षा गऱ्यो
रेलवे संसदीय स्थायी समितिले रेल अवसंरचना र पर्यटन विकासको समीक्षा गऱ्यो


गुवाहाटी, 18 अप्रेल (हि.स.)। रेलवे संसदीय स्थायी समितिको एक प्रतिनिधिमण्डलले आफ्नो आधिकारिक भ्रमण अन्तर्गत दार्जिलिङको भ्रमण गऱ्यो। यस भ्रमण अवधि समितिले पूर्वोत्तर सीमान्त रेलवे र यसका सहयोगी संगठनका वरिष्ठ अधिकारीहरूको साथमा यस क्षेत्रमा रेल विकास र पर्यटनलाई बढावा दिने सम्बन्धमा अनौपचारिक कुराकानी गरेको छ।

भ्रमण अवधि पूर्वोत्तर सीमान्त रेलवेका महाप्रबन्धक चेतन कुमार श्रीवास्तव र इरकन इन्टरनेशनल लिमिटेडका अध्यक्ष एवं प्रबन्ध निदेशकसॅंग पूर्वोत्तर र केन्द्र शासित प्रदेशहरूमा रेल नेटवर्कको विकास विषयमा चर्चा गऱ्यो, जसमा सेवकदेखि रम्फू नयॉं रेलवे लाइन परियोजनामाथि विशेष जोर दिइयो। यस रेल लिंकको उद्देश्य सिक्किमसॅंग कनेक्टिविटी बढाउनु र यसलाई क्षेत्रको सामाजिक, आर्थिक र रणनीतिक विकासको निम्ति महत्वपूर्ण मानिएको छ।

यस अतिरिक्त, समितिले पूर्वोत्तर सीमान्त रेलवेका महाप्रबन्धक र आईआरसीटीसीका अध्यक्ष एवं प्रबन्ध निदेशकसॅंग रेलवे आधारित पर्यटनलाई बढावा दिने विषयमा एक छुट्टै अनौपचारिक कुराकानी गरेको छ। यस चर्चामा अभिनव रेल आधारित पर्यटन क्षमताको दोहन गर्ने पहलमाथि ध्यान केन्द्रित गरियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande