विहिप गुवाहाटीले बंगाल हिंसामाथि राष्ट्रपतिलाई चढ़ायो ज्ञापन
विहिप गुवाहाटीले बंगाल हिंसामाथि राष्ट्रपतिलाई चढ़ायो ज्ञापन


गुवाहाटी, 19 अप्रेल (हि.स.)। विश्व हिन्दू परिषद (विहिप), गुवाहाटी महानगर समितिद्वारा बरबारीस्थित ससल धरना स्थलमा जिल्ला उपायुक्तको माध्यमबाट राष्ट्रपतिलाई पश्चिम बंगालमा हिन्दुहरूमाथि भइरहेको हिंसा तथा त्यहाँको राज्य सरकारको अकर्मण्यतामाथि राष्ट्रव्यापी प्रदर्शन अनि राष्ट्रपति शासन लागू गर्ने माग गर्दै ज्ञापन सुम्पियो।

महानगर एकाईका अध्यक्ष सबिन राजखोवा, उत्तर पूर्व प्रान्तका सचिव ब्रजज्योति शर्मा, राष्ट्रिय स्वयंसेवक संघका आलोक त्रिपाठी, भाजपाको महानगर एकाईका सचिव विजय पाठक तथा रञ्जित शर्माले सभालाई सम्बोधन गरे। कार्यक्रममा विहीपका कार्यकर्ताहरू सहित संघका विविध क्षेत्रका सदस्य तथा अन्य एकाईका सदस्यहरू पनि उपस्थित थिए।

उपायुक्त कार्यालयमा बेनजीर इलियास, एसीएसले ज्ञापनलाई स्वीकार गरे। कार्यक्रमलाई सफल तुल्याएकोमा महानगर एकाईका सचिव रातुल डेकाले सबैलाई धन्यवाद दिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande