राज्यपाल माथुरले गरे काशी विश्वनाथ मन्दिरमा पूजा अर्चना
राज्यपाल माथुरले गरे कांशी विश्वनाथ मन्दिरमा पूजा अर्चना


गान्तोक, 19 अप्रेल (हि.स.)। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले आज वाराणसीको काशी विश्वनाथ मन्दिरमा भगवान शिवको दर्शन गरेर पूजा अर्चना गरेका छन्। राज्यपालले विशेष गरेर राज्य र देशवासीहरूको शुख, शान्ति र कल्याणको निम्ति प्रार्थना गरे।

राज्यपालले भने, काशी विश्वनाथ मन्दिर केवल धार्मिक आस्थाको केन्द्र होइन, तर यो सांस्कृतिक धरोहरको प्रतीक पनि हो। यस अवसरमा राज्यपाल माथुरले काल भैरव मन्दिरको पनि दर्शन।

यस भ्रमण अवधि राज्यपालको साथमा सचिव जितेन्द्र सिंह राजे लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए।

हिन्दुस्थान समाचार / प्रदीप


 rajesh pande