जीटीएद्वारा खरसाङको कटलेरी रोडको पैह्रो मरमत्ति कार्य शुरु
जीटीएद्वारा खरसाङको कटलेरी रोडको पैह्रो मरमत्ति कार्य शुरु


खरसाङ, 19 अप्रेल (हि.स.)। केही दिनअघि खरसाङको कटलेरी रोडमा गएको पैह्रोको जीटीएद्वारा मरमत्ति कार्य शुरु गरिएको छ। गत 15 अप्रेलकाे दिन भारी वर्षाले खरसाङको कटलेरी रोडस्थित सन्त अल्फन्सेस प्राथमिक पाठशाला छेउमा ठूलो पैह्रो गएर कटलेरी रोड नै बन्द भएको थियो।

खरसाङ नगरपालिकाको वार्ड नम्बर 3 भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका प्रतिनिधिहरु र क्षेत्रीय सभासद श्याम शेर्पा र जीटीए चिफ् अनित थापाको पहलमा आजदेखि उक्त पैह्रोकाे मरमत्तिको कार्य थालिएको छ। आज विशेष वार्ड नम्बर 3 भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका प्रतिनिधिहरु र समाजका प्रतिनिधिकाे उपस्थितिमा विधिवत पूजा पाठ गरेर मरमत्ति कार्यकाे थाल्नी गरियो।

प्रथममा पैह्रो गएकाे क्षेत्रबाट माटो ढुंगामुढा हटाएर ठीक ठाउँदेखि देवल लाउने कार्य गरिने विभागले जानकारी गराएको छ। यसका साथै वार्ड नम्बर 2 टेकवीर बस्तीमा पनि नालाको कार्यकाे शुरुआत भएको छ। उक्त कार्य सभासद् श्याम शेर्पा, समष्टि नारी शक्ति अध्यक्षा सुष्मा मुखिया, वार्ड नम्बर 2 नारी शक्ति अध्यक्षा पुष्प गुरुङ आदिको उपस्थितिमा गरियो।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande