
गान्तोक, 19 अप्रेल (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले शनिवार सॉंझ भगवान शनि देवलाई समर्पित पवित्र शनि शिंगणापुर मन्दिरमा पूजा प्रार्थना गरेका छन्। शनिवार भएकाले शनि देवको पूजा गर्नको लागि शुभ दिन मानिन्छ भन्दै उनले सिक्किम र सिक्किमका मानिसहरूको पक्षमा प्रार्थना गरेर आशीर्वाद मागेको बताएका छन्।
भगवान शनिदेवले आफ्नो असीम ज्ञान र कृपाले हामीलाई नकारात्मकताबाट जोगाइरहुन् र हाम्रो भित्री संकल्पलाई बलियो बनाइरहुन् भन्दै मुख्यमन्त्रीले सिक्किमलाई न्याय, समृद्धि, सद्भाव र आध्यात्मिक शक्तिको आशीर्वाद दिऊन् भनी प्रार्थना गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल