एसकेएम पार्टीको सदस्यता नवीकरण कार्य जारी
एसकेएम पार्टीको सदस्यता नवीकरण कार्य जारी


गान्तोक, 19 अप्रेल (हि.स.)। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सीईसी सदस्यता नवीकरण कार्य निरन्तर रूपमा चलिरहेको छ। यसै क्रममा आज राजधानीस्थित पार्टीको मुख्यालयमा पुगेर सोरेङ र गेजिङ जिल्लाका पार्टी पदाधिकारीहरूले सीईसीको सदस्यता नवीकरण गरेका छन्।

सीईसी सदस्यता नवीकरण गर्नेहरूमा एसकेएम पार्टीका वरिष्ठ उपाध्याक्ष तथा सोरेङ अनि गेजिङ जिल्ला प्रभारी आरबी सुब्बा लगायत धेरै जना सामेल रहेका छन्। एसकेएम पार्टीको महासचिव, मुख्यालय पवन गुरूङले सदस्यहरूलाई सदस्यता नवीकरण प्रमाणपत्र हस्तान्तरण गरेका छन्। यस अवसरमा जनसम्पर्क सचिव, पार्टी मुख्यालय जुनु छेत्री र संयुक्त सचिव पंकज गिरी पनि उपस्थित थिए।

हिन्दुस्थान समाचार / प्रदीप


 rajesh pande