इटानगर, 18 अप्रेल (हि.स.)। अरुणाचल प्रदेशको राजधानीको न्योकुम लापाङमा आफ्नो गम्भीर रूपमा बिरामी पत्नीलाई किरायको घरमा छोड्ने आरोपी पति जनी गडुकलाई आज राजधानी पुलिसले पक्राउ गरेको छ।
आरोपी पतिलाई अरुणाचल प्रदेश महिला कल्याण सोसाइटीको हस्तक्षेपपछि भएको हो। 34 वर्षीय महिलासॅंग सम्बन्धित घटनालाई संगठनले गम्भीरतापूर्वक लियो। महिलालाई उसको पति र परिवारले कथित रूपमा बिना चिकित्सा सहायता छोडेपछि गम्भीर रूपले बिरामी अवस्थामा पाइएको थियो।
सोसाइटीकी अध्यक्ष कानी नाडा मलिङले एक टीमको साथमा मामिलाको सम्बन्धमा इटानगर महिला पुलिस थानाकी अधिकारीसॅंग भेट गरिन् र त्वरित कारबाहीको निम्ति अनुरोध गरिन्। पुलिस अधिकारीले घटनाको सम्बन्धमा आरोपीलाई अगावै पक्राउ गरेको टीमलाई बताइन्।
यो मामिला अरुणाचल प्रदेश लाइफ सेविङ फाउण्डेशन एनजीओका अध्यक्ष रमेश जेकेले 15 अप्रेलमा महिलालाई बचाएर तत्काल चिकित्सा उपचारको व्यवस्था गरेपछि प्रकाशमा आएको थियो।
हिन्दुस्थान समाचार / बिशाल