तीर सट्टाबाज पक्राउ, नोटबुक-स्लिप, नगद जफ्त
तीर सट्टाबाज पक्राउ, नोटबुक-स्लिप, नगद जफ्त


गुवाहाटी, 19 अप्रेल (हि.स.)। दिसपुर पुलिसले तीर सट्टाबाजीमा लिप्त एकजना सट्टाबाज गणेश विश्वकर्मालाई पक्राउ गऱ्यो। आरोपी मूलरूपमा तेलाम नेपाली बस्ती, जिल्ला धेमाजी निवासी हुन् भने वर्तमानमा तिनी जु रोड, जापोरीगोगमा बस्दै आएका थिए।

पुलिसले आरोपीबाट चारवटा हस्तनिर्मित नोटबुक (तीर नम्बर लेखिएको), नौवटा तीर स्लिप, 10,150 रुपियाँ नगद, एउटा जीपे स्क्यानर र एउटा एण्ड्रोयड मोबाइल फोन जफ्त गऱ्यो। पुलिसले मामिला दर्ता गरी जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande