इटानगर, 18 अप्रेल (हि.स.)। अरुणाचल प्रदेशका उपमुख्यमन्त्री चौना मीनले नामसाईमा उपायुक्तको कन्फ्रेन्स हलमा ट्रान्समिशन र वितरण प्रणालीलाई दह्रिलो बनाउन व्यापक योजनामाथि एक उच्चस्तरीय समीक्षा बैठकको अध्यक्षता गरे। सारा राज्यमा ट्रान्समिशन र वितरण प्रणालीलाई सशक्त बनाउन व्यापक योजनाको कार्यान्वयनमाथि चर्चा भयो। यो योजना विश्वसनीय र कुशल बिजुली आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण रहेको बताइएको छ।
बैठकमा उपमुख्यमन्त्रीले परियोजनाको वर्तमान स्थितिको समीक्षा गरे, प्रगतिको बारेमा जानकारी लिए र बिलम्बका कारणहरूको बारेमा सोधपुछ गरे। उनले राज्यमा बढ्दो बिजुलीको मागलाई पूरा गर्नको निम्ति परियोजनाको सुचारू कार्यान्वयन सुनिश्चित गर्न समय र समन्वित दृष्टिकोणको महत्वमाथि बल दिए।
बिजुली क्षेत्रमा सरकारको ध्यानमाथि प्रकाश पार्दै मीनले भने, हालका वर्षहरूमा हामीले अरुणाचल प्रदेशमा बिजुली क्षेत्रको विकासमा निकै तीव्रता ल्याएका छौ। हालैमा मुख्यमन्त्री पेमा खाण्डूको अध्यक्षतामा पावर स्टीयरिङ कमिटीले राज्यमा जलविद्युत परियोजनाहरूको विकासमा तीव्रता ल्याउन तवाङमा एक सार्थ चर्चा गरेको थियो। उनले राज्यको आगामी जलविद्युत परियोजनाहरूको निम्ति एक सशक्त वितरण नेटवर्कको आवश्यकतामा जोड दिए।
हिन्दुस्थान समाचार / बिशाल