मोरी गाउँमा साइबर अपराधसित सम्बन्धित पाँच आरोपी समातिए
मोरी गाउँमा साइबर अपराधसित सम्बन्धित पाँच आरोपी समातिए


मोरी गाउँ (असम), 17 अप्रेल (हि.स.)। राज्यमा दिन-प्रतिदिन बढ़्दो साइबर अपराधको मामिलाबीच मोरी गाउँ जिल्लाको पुलिसले एउटा ठूलो सफलता हासिल गरेको छ। पुलिसले बिहीवार बतायो, जिल्लाको लाहोरी

घाट क्षेत्रमा संचालित एक विेशेष अभियानमा साइबर अपराधसित सम्बन्धित पाँचजना आरोपीहरूलाई पक्राउ गरियो।

यो कारबाही मोरी गाउँ पुलिस र मुम्बई पुलिसको संयुक्त टीमद्वारा गरिएको हो। पुलिस सूत्र अनुसार यी आरोपीहरू साइबर ठगीको मामिलामा लिप्त थिए साथै यिनीहरूविरूद्ध धेरैवटा ठाउँमा सिकायत दर्ता थियो। अभियानको क्रममा छतमाथि लुकेर बसेका आरोपीहरूलाई पुलिसले खोजेर निकाल्यो। पुलिसले भनेको छ, साइबर अपराधविरूद्ध यो कारबाही आगामी दिनमा पनि जारी रहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande