ताँत बिहुको पवित्रतामा बस्छ असमको परम्पराः दिलीप सौकिया
ताँत बिहुको पवित्रतामा बस्छ असमको परम्पराः दिलीप सौकिया


गुवाहाटी, 17 अप्रेल (हि.स.)। बोहाग बिहुको चौथो दिन अर्थात 'ताँत बिहु'- को अवसरमा असम भाजपा अध्यक्ष दिलीप सैकियाले असमका सबै बुनकर महिलाहरूलाई नववर्षको शुभकामना दिए। उनले एक भावुक पंक्तिसितै आफ्नो सन्देशको शुरूआत गरे।

यस अवसरमा सैकियाले असमको ताँत परम्परा, महिला बुनकरहरूको मिहेनत र उनीहरूको कलालाई नमन गर्दै भने, सात पीढ़िदेखि चल्दै आइरहेको परम्परालाई अगाड़ि बढ़ाउँदै आज बुनकर महिलाहरूले एकत्रित भएर ताँतशालामा धुप-अगरबत्ती, सुपारी- पान अर्पण गरी 'ताँत बिहु' मनाइरहेको छ।

उनले भने, असमका बुनकर महिलाहरूले ताँतको ताना-बानामा आफ्नो सपना बुन्दछन्। सुक्खा धागो र हातको मिहेतनले बनिएको वस्त्रले विश्वमा असको वस्त्र उद्योगलाई एउटा अनौठो पहिचान दिलाएको छ। रंगाली बिहु र ताँतशालको आपस्तमा गहिरो तथा अटुट सम्बन्ध छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande