हावडाको थर्मोकोल फ्याक्ट्रीमा भीषण आगो, श्रमिकको मृत्यु
हावडाको थर्मोकोल फ्याक्ट्रीमा भीषण आगो, श्रमिकको मृत्यु


कोलकाता, 05 अप्रेल (हि.स.)। हावडाको आलमपुर क्षेत्रमा स्थित एउटा थर्मोकोल फ्याक्ट्रीमा शनिवार भीषण आगो लाग्यो। यस दुर्घटनामा कारखानाका एक श्रमिकको आगोको चपेटमा परेर मृत्यु भएको छ। मृतकको नाम आकाश हाजरा बताइएको छ। पुलिस र दमकल विभागले आगोलाई नियन्त्रित गर्न घण्टौं परिश्रम गऱ्यो।

पुलिस र दमकल विभाग अनुसार, आलमपुर मोड छेउ ठूलो थर्मोकोल कारखानामा सधैं झै काम चलिरहेको थियो। दिउॅंसो लगभग तीन बजी फ्याक्ट्रीमा आगो लाग्यो। हेर्दाहेर्दै आगोले विकराल रूप लियो। कारखानाभित्र काम गरिरहेका श्रमिकहरू तत्काल बाहिर भागे। घटनाको सूचना पाएर पुलिस र दमकल त्यहॉं आइपुग्यो र आगो निभाउन शुरू गऱ्यो।

धेरै घण्टासम्म चलेको परिश्रमपछि सॉंझ साढे पॉंच बजी आगोलाई नियन्त्रित गरियो। यसपछि दमकल कर्मीहरू कारखानाभित्र प्रवेश गरे। उनीहरूले कारखानाभित्र एक श्रमिकको शव भेटे। प्राथमिक जॉंचको श्रमिकको मृत्यु आगोको चपेटमा परेर भएको आशंका गरिएको छ। आगो लाग्नुको कारण पत्तो लगाउन जॉंच शुरू गरिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande