गान्तोक, 06 अप्रेल (हि.स.)। विकास र शान्तिको लागि अन्तरराष्ट्रिय खेलकुद दिवसको अवसरमा भारतीय सेनाको त्रिशक्ति कोरले पाण्डम फुटबल एकेडेमीसँगको सहकार्यमा टिकालाल निरौला वरिष्ठ माध्यमिक विद्यालयमा 8 देखि 18 वर्ष उमेरका 32 युवा आकांक्षी खेलाडीहरूलाई फुटबल किटहरू वितरण गरेको छ।
सिक्किममा फुटबल खेलको बढ्दो रूचीलाई ध्यानमा राख्दै सीमावर्ती क्षेत्रका धेरै युवाहरूमा फुटबलप्रति देखिएको प्रतिवद्धता र उनीहरूको क्षमता देखेर प्रोत्साहन गर्ने उद्देश्य़ले आवश्यक किट्स वितरण गरिएको बताइएको छ। यस एकेडेमीले स्वस्थ प्रशिक्षण वातावरण प्रदान गर्ने र फुटबलमा स्थानीय युवाहरूको सीप र दक्षता सुधार गर्न सहयोग पुऱ्याउने प्रयास गर्दै आइरहेको छ।
यस अवसरमा सेनाले फुटबल एकेडेमीमा प्रशिक्षण लिइरहेका खेलाडीहरूलाई आवश्यक सामग्री प्रदान गऱ्यो।
हिन्दुस्थान समाचार / प्रदीप