नयाँ दिल्ली, 06 अप्रेल (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले गत एक दशकमा केन्द्र सरकारले तमिलनाडूको विकासको निम्ति 2014 को तुलनामा तीन गुणा धेरै धन आवंटित गरेको भनेका छन्। उनलाई लाग्छ, विकसित भारतको यात्रामा तमिलनाडूको धेरै ठूलो भूमिका छ। तमिलनाडूको सामर्थ्य जति धेरै बढ्नेछ, भारतको विकास उतिक्कै तीव्र हुनेछ।
तमिलनाडूमा सत्तारूढ़ पार्टीलाई लक्षित गर्दै उनले भने, तरैपनि केहीलाई बिना कारण रोईरहने बानी छ। उनीहरू रोई रहन्छन्। प्रधानमन्त्रीले छक्क पर्दै भने, तमिलनाडूका नेताहरूबाट प्राप्त चिट्ठीहरूमा तमिलमा हस्ताक्षर हुँदैन। उनले भऩे, 2014 अगाड़ी रेल प्रोजेक्टको निम्ति हरेक साल केवल 900 करोड़ रूपियाँ नै प्राप्त हुन्थ्यो। यस वर्ष तमिलनाडूको रेल बजेट 6 हजार करोड़ रूपियाँभन्दा धेरै छ र भारत सरकारले यहाँका 77 रेलवे स्टेशनलाई आधुनिक पनि बनाइरहेको छ। यसमा रामेश्वरमको रेलवे स्टेशन पनि सामेल छ। आयुष्मान भारत योजना अन्तर्गत तमिलनाडूमा 1 करोड़भऩ्दा धेरै मानिसहरूको उपचार गरिएको छ। यसबाट मानिसहरूलाई 8 हजार करोड़को बचत भएको छ। तमिलनाडूमा 1,400 भऩ्दा धेरै जन औषधि केन्द्र छ। यसबाट तमिलनाडूका मानिसहरूले अनुमानित 700 करोड़ रूपियाँको बचत गर्छन्। हालका वर्षहरूमा तमिलनाडूमा 11 नयाँ मेडिकल कलेज स्थापित गरिएको छ।
प्रधानमन्त्री मोदी आज तमिलनाडूको दौड़ाहमा छन्। ऱामनवमीको अवसरमा दिउँसो उनले भारतको पहिलो भर्टिकल लिफ्ट समुद्री पुल-नयाँ पम्बन रेल पुलको उद्घाटन गरे। उनले सड़क पुलबाट एक ट्रेन र एक जहाजलाई हरियो झण्डा देखाए औं पुलको संचालन हेरे। यसपछि उनले रामेश्वरममा रामनाथस्वामी मन्दिरमा दर्शन र पूजा गरे। उनले रामेश्वरममा 8,300 करोड़ रूपियाँभन्दा अधिकको लागतको विभिन्न रेल र सड़क परियोजनाहरूको आधारशिला राखे औं राष्ट्रलाई समर्पित गरे। यस अवसरमा उनले जनसभालाई पनि सम्बोधित गरे।
हिन्दुस्थान समाचार / भवानी थामी