अहमदाबाद, 08 अप्रेल (हि.स.)। कांग्रेसका राष्ट्रिय अध्यक्ष मल्लिकार्जुन खरगेले आज साम्प्रदायिक विभाजनको माध्यमले देशको बुनियादी मामिलाहरूदेखि ध्यान भट्काइँदैछ भनेका छन्। उनी अऩुसार, सामन्ती एकाधिकार देशका संस्धानहरूमाथि कब्जा गर्दै शासनलाई नियन्त्रित गर्ने मार्गमा छ। गत धेरै वर्षदेखि तमाम राष्ट्रिय नायकहरूलाई लिएर एक सुनियोजित षड़यन्त्र चलाइँदैछ। उनी अहमदाबादमा मंगलवार बिहान कांग्रेस वर्किङ कमिटी (सीडब्ल्यूसी) को बैठकलाई सम्बोधित गरिरहेका थिए।
कांग्रेस अध्य़क्षले भने, 140 वर्षदेखि देशमा सेवा र संघर्षको गौरवशाली इतिहास बोकेको कांग्रेस पार्टी विरूद्ध वातावरण बनाइँदैछ। यो काम तिनीहरूले गरिरहेका छन्, जससित आफ्नो उपलब्धीहरू देखाउने र आजादीको लड़ाईमा आफ्नो योगदान बताउनलाई केहीपनि छैन। तिनीहरूले सरदार पटेल र पण्डित नेहरूको सम्बन्धहरूलाई यस प्रकारले देखाउने षड़यन्त्र गर्छन्, जसो दुई नायक एक अर्काको विरूद्धमा थिए। जबकि सत्य यो हो कि उनीहरू एक सिक्काको दुई पाटो थिए। तमाम घटनाहरू र दस्तावेज उनीहरूको मधुर सम्बन्धको साक्षी हो।
खरगेले 1937 मा गुजरात विद्यापीठमा सरदार पटेलको एक भाषणको खास उल्लेख गरी बताए, त्यस अवधि नेहरू कांग्रेसको अध्यक्ष थिए। गुजरातका नौजवानले प्रान्तिय चुनाउमा प्रचारको निम्ति नेहरलाई बोलाइयोस् भन्ने चाँहन्थे। सरदार पटेलले 07 मार्च 1937 मा भने, जुन दिन गुजरात यो चुनाउ आन्दोलनमा विजयी बनेर कांग्रेसप्रति आफ्नो इमानदारी प्रमाणित गर्नेछ, त्यस दिन हामी कांग्रेस अध्यक्ष नेहरूको फूलहरूले स्वागत गर्नका साथै मनबाटै उनको अगुवाई गर्नेछौं। 14 अक्टोबर 1949 मा सरदार पटेलले नेहरूको अभिनन्दन ग्रन्थमा भनेका थिए, गत दुई कठिन वर्षमा नेहरूले देशको निम्ति जुन अथक परिश्रम गरेका छन्, त्यो मभऩ्दा धेरै राम्ररी कसैलाई थाहा छैन। मैले यस अवधि उनलाई ठूलो उत्तरदायित्वको भारको कारण बड़ो तीव्रताको साथ बढ्दै गरेको देखेको छु। सरदार पटेलले नेहरूसित कतिको माया गर्थे, यो यी कुराहरूले बुझ्न सकिन्छ।
कांग्रेसलाई आफ्नो 140 सालको इतिहासमा जुन प्रान्तहरूबाट सबैभन्दा अधिक शक्ति प्राप्त भयो, त्यसमा गुजरात अब्बल छ। आज हामी फेरि यहाँ प्रेरणा र शक्ति लिन आएका हौं। हाम्रो असली शक्ति देशको एकता, अखण्डता र सामाजिक न्यायको विचारधारा हो। तर आज त्यस विचारधारालाई अगाड़ी बढ़ाउने आवश्यकता छ कि हामी सर्वप्रथम आफूलाई मजबुत गरौं। आफ्नो संगठनलाई मजबुत बनाऔं।
हिन्दुस्थान समाचार / भवानी थामी