बीजापुर, 17 अप्रेल (हि.स.)। छत्तीसगढ़को नक्सल प्रभावित क्षेत्रहरूमा नक्सल विरोधी अभियानमा सुरक्षाबलहरूले बुधवार साझँ 2 इनामी सहित 22 नक्सलीहरूलाई पक्राउ गरेको छ। उनीहरूदेखि भारी संख्यामा विस्फोटक सामग्री र उपकरण भेटिएको छ। यो कारबाही तीन अलग-अलग थाना क्षेत्रहरूमा गरियो। पुलिस अनुसार, सुरक्षाबलहरूका जवानहरूले सर्चिङमा टेकमेटलाको जंगलबाट विस्फोटकको साथ 7 सक्रिय नक्सलीहरूलाई पक्राउ गरेका छन्। जांगला थानामा पनि जवानहरूलाई ठूलो सफलता हात लागेको छ, यहाँबाट 6 सक्रिय नक्सलीहरूलाई पक्राउ गरिएको छ। यस बाहेक थाना नेलसनारबाट 9 सक्रिय नक्सीहरूलाई पक्राउ गरिएको छ। पक्रा परेका नक्सलीहरूको कब्जादेखि टिफिन बम, कार्डेक्स वायर, डेटोनेटर, बिजुलीको तार, बेटरी, खन्ने औजार, नक्सल साहित्य, आदि जफत गरिएको छ।
नारायणपुर पुलिस कार्यालय अनुसार, पक्रा परेका नक्सलीहरूमा देवा माड़वी(23 वर्ष) रेखापल्ली मिलिशिया सदस्य, निवासी रेखापल्ली थाना बासागुड़ा, चैनु माड़वी(20 वर्ष) रेखापल्ली मिलिशिया सदस्य निवासी रेखापल्ली थाना बासागुड़ा, मल्ला माड़वी (24 वर्ष) रेखापल्ली मिलिशिया सदस्य निवासी रेखापल्ली थाना बासागुड़ा, माड़वी लखमा (45 वर्ष) रेखापल्ली डीएकेएमएस सदस्य, निवासी रेखापल्ली थाना बासागुड़ा, लाला मीड़ियम (30 वर्ष) रेखापल्ली कृषि शाखा सदस्य निवासी रेखापल्ली थाना बासागुड़ा, अन्दा माड़वी (32 वर्ष) मारूड़बाका आरपीसी जनताना सदस्य निवासी रेखापल्ली थाना बासागुड़ा सामेल छ।
पुलिसले गंगा माड़वी (39 वर्ष) रेखापल्ली डीएकेएमएस सदस्य निवासी रेखापल्ली थाना बासागुड़ा, 22 वर्षीय समीला ओयाम-आरपीसी सीएनएम सदस्य निवासी छोटेपल्ली पटेलपारा थाना भैरमगढ़ जिल्ला बीजापुर, 23 वर्षीय सन्तु ओयाम (भूमकाल मिलिशिया सदस्य) निवासी बड़ेपल्ली पटेलपारा थाना भैरमगढ़ जिल्ला बीजापुर, 39 वर्षीय सायबो माड़वी (भूमकाल मिलिशिया सदस्य) निवासी बड़ेपल्ली पटेलपारा थाना भैरमगढ़ जिल्ला बीजापुर, 19 वर्षीय रमेश आरकी (आरपीसी मिलिशिया सदस्य) ,निवासी कोलनार थाना भैरमगढ़ जिल्ला बीजापुर, 22 वर्षीय शंकर आरकी (आरपीसी मिलिशिया सदस्य),निवासी कोलनार थाना भैरमगढ़ जिल्ला बीजापुर, 22 वर्षीय कोहले ओयाम (केएएमएस सदस्य) पति सुखराम ओयाम निवासी कोलनार थाना भैरमगढ़ जिल्ला बीजापुरलाई पनि पक्राउ गरेको छ।
पक्रा पर्ने नक्सलीहरूमा 28 वर्षीय सोमा ओयाम (मूलवासी बचाउ मंच अध्यक्ष) निवासी लेकावाड़ा थाना ओरछा जिल्ला नारायणपुर, 25 वर्षीय मुन्ना ओयाम (मूलवासी बचाउ मंच सदस्य) निवासी लेकावाड़ा थाना ओरछा जिल्ला नारायणपुर, 35 वर्षीय पिलू ओयाम (आरपीसी जनताना सरकार सदस्य) निवासी लेकावाड़ा थाना ओरछा जिल्ला नारायणपुर, 20 वर्षीय मोटू ओयाम (मूलवासी बचाउ मंच सदस्य) निवासी लेकावाड़ा थाना ओरछा जिल्ला नारायणपुर, 22 वर्षीय मंगड़ू ओयाम (कोलनार आरपीसी मिलिशिया प्लाटून सदस्य) निवासी लेकावाड़ा थाना ओरछा जिल्ला नारायणपुर, 40 वर्षीय मंगड़ू ओयाम (संघम सदस्य) निवासी लेकावाड़ा थाना ओरछा जिल्ला नारायणपुर, 20 वर्षीय पण्डरू ओयाम (संघम सदस्य) निवासी लेकावाड़ा थाना ओरछा जिल्ला नारायणपुर, 25 वर्षीय रामू ओयाम (भूमकाल मिलिशिया सदस्य) निवासी लेकावाड़ा थाना ओरछा जिल्ला नारायणपुर तथा 20 वर्षीय मुन्नी ओयाम (केएएमएस सदस्य) निवासी लेकावाड़ा थाना ओरछा जिल्ला नारायणपुर पनि सामेल छन्।
हिन्दुस्थान समाचार / भवानी थामी