दिल्लीमा चार तले भवन ध्वस्त, चार जनाको मृत्यु
दिल्लीमा चार तले भवन ध्वस्त, चार जनाको मृत्यु


नयॉं दिल्ली, 19 अप्रेल (हि.स.)। उत्तर पूर्वी जिल्लाको मुस्तफाबाद क्षेत्रमा शुक्रवार अबेर राति एउटा चार तले भवन ध्वस्त भयो। दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने दश जना गम्भीर घाइते भएका छन्। अहिले पनि धेरै जना फॅंसेको हुन सक्ने आशंका व्यक्त गरिएको छ।

सूचना पाउनसाथ दमकल विभाग, एनडीआरएफ, डग स्क्वाड र पुलिस टीम घटनास्थल पुग्यो। राहत एवं बचाउ कार्य जारी छ। दमकल विभागका निदेशक अतुल गर्गले भने, शनिवार बिहान 2:50 बजी एउटा भवन भत्किएको सूचना प्राप्त भयो। सूचना पाउनसाथ दमकल विभागको छ गाडी घटनास्थल पठाइयो। फॅंसेका मानिसहरूलाई निकाल्नका लागि एनडीआरएफलाई बोलाइयो। बचाउ कार्य अझै पनि जारी छ।

उत्तर पूर्वी जिल्लाको एडिशनल सन्दीप लाम्बाले भने, भत्किएको भवनबाट बाहिर निकालिएको 14 जना मध्ये 4 जनाको मृत्यु भएको छ। बचाउ अभियान अझै पनि जारी छ। अझै पनि 8-10 जना फॅंसेको हुन सक्ने आशंका व्यक्त गरिएको छ।

मुस्तफाबाद क्षेत्रमा भवन ध्वस्त भएको घटनामा एक प्रत्यक्षदर्शी रशीदले भने, यहॉं दुई पुरुष, दुई महिला र उनीहरूको परिवार तथा किरायदारहरू बस्थे। सबैभन्दा ठूलो बुहारीको तीन जना नानी थियो, दोस्रो बुहारीको तीन जना नानी थियो। उनीहरू अहिले देखिएका छैनन्। रसीदले भने, चार तले भवनमा लगभग 25 जना बस्थे। केही मानिसहरूलाई अगावै निकालिएको थियो। अहिले बचाउ कार्य जारी छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande