प्रधानमन्त्रीले 21 अप्रेलमा लोक सेवा दिवसमा आय़ोजित कार्यक्रमलाई सम्बोधित गर्नेछन्
प्रधान


नयाँ दिल्ली, 19 अप्रेल (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले 17औं लोक सेवा दिवसको अवसरमा 21 अप्रेलमा नयाँ दिल्लीको विज्ञान भवनमा लोक सेवकहरूलाई सम्बोधित गर्नेछन्। उनले लोक प्रशासनमा उत्कृष्टताको निम्ति प्रधानमन्त्री पुरस्कार पनि प्रदान गर्नेछन्।

प्रधानमन्त्री कार्यालय (पीएमओ) ले शनिवार एक बयानमा भनेको छ, प्रधानमन्त्रीले संधै नै देशभरिका लोक सेवकहरूलाई नागरिकहरूको हितमा समर्पित हुने, जन सेवाको निम्ति प्रतिबद्ध हुने र आफ्नो काममा उत्कृष्टता प्राप्त गर्नका लागि प्रोत्साहित गरेका छन्।

पीएमओ अनुसार, यस साल प्रधानमन्त्रीले लोक सेवकहरूलाई जिल्लाहरूको समग्र विकास, आकांक्षी ब्लक कार्यक्रम र नवाचारको श्रेणीहरूमा 16 पुरस्कार प्रदान गर्नेछन्। यसको माध्यमले उनीहरूलाई आम नागरिकहरूको कल्याणको निम्ति गरिएका कार्य़हरूका लागि सम्मानित गरिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande