भारतको चिन्तापछि श्रीलंकाले पाकिस्तानको साथ नौसैनिक अभ्यास रद्द गऱ्यो
श्री


नयाँ दिल्ली, 19 अप्रेल (हि.स.)। भारतको तर्फबाट चिन्ता व्यक्त गरिएपछि श्रीलंकाले पाकिस्तानको साथ नौसैनिक अभ्यास रद्द गरेको छ। यो अभ्यास श्रीलंकाको त्रिंकोमाली तटमा गरिनुथियो। भारतले पाकिस्तानी नौसेनाको साथ घनिष्ठ सहयोग र त्रिंकोमालीमा पाकिस्तानी युद्धपोतहरूको यात्रालाई लिएर श्रीलंका सामू चिन्ता जाहेर गरेको थियो। त्रिंकोमाली श्रीलंकाको उत्तर पूर्वी तटमा स्थित छ र यसलाई भारतको समुद्री सुरक्षा हितहरूको निम्ति हिन्द महासागर क्षेत्रमा महत्वपूर्ण केन्द्र मानिन्छ।

वस्तुतः प्रधानमन्त्री नरेन्द्र मोदी 04 अप्रेलमा श्रीलंका यात्रामा गएका थिए, जहाँ उनले भारतको वित्तीय सहायताले पूरा गरिएका विकास परियोजनाहरूको उद्घाटन गरेका थिए। पीएम मोदीको यस यात्रा अगाड़ी श्रीलंका र पाकिस्तानका नौसेनाहरूले आफ्नो नियमित गतिविधिहरू अनुरूप त्रिंकोमालीको तटमा अभ्यास गर्ने योजना बनाएका थिए। यसको जानकारी पाइएपछि भारतले प्रस्तावित अभ्यासमा श्रीलंका सामू आफ्नो चिन्ता राखेको थियो। भारतको भनाई थियो, पाकिस्तान र श्रीलंकाका नौसेनाहरूबीच सौहार्दपूर्ण सम्बन्ध छ र दुवै देशको युद्धपोत युद्धाभ्यास बाहेक नियमित रूपमा एक-अर्काको बन्दरगाहहरूमा जान्छऩ्।

भारतले यसमाथि पनि चिन्ता व्यक्त गरेको थियो कि अगस्त 2022 मा हम्बनटोटा बन्दरगाहमा चीनी मिसाइल र उपग्रह ट्रेकिङ जहाज 'युआन वांग' ले डकिंग गर्दा श्रीलंका कूटनीतिक विवादलाई जन्म दिएको थियो। यसपछि अगस्त 2023 मा कोलम्बो बन्दरगाहमा डक गरिएको एक अन्य चीनी युद्धपोतले पनि नयाँ दिल्लीमा केही चिन्तालाई जन्म दिएको थियो। तरैपनि गत केही वर्षमा भारतले त्रिंकोमालीको उर्जा बुनियादी ढांचालाई विकसित गर्नमा श्रीलंकालाई सहायता दिनमाथि ध्यान केन्द्रित गरिरहेको छ। यद्यपि, श्रीलंका वा पाकिस्तानको तर्फबाट यस योजनामा कुनै आधिकारिक बयान आएको छैन तर श्रीलंका सामू भारतको तर्फबाट चिन्ता व्यक्त गरिएपछि यो योजना अगाड़ी बढ्न सकेन।

सैन्य विशेषज्ञहरूले भारतको निम्ति त्रिंकोमालीको रणनीतिक महत्वलाई बुझ्दै भने, यसमा बंगालको खाड़ी र पूर्वोत्तर हिन्द महासागरको अधिकांश हिस्सामा आफ्नो वर्चस्व बनाउने क्षमता छ, यसैले भारतले प्रस्तावित अभ्यासमाथि चिन्ता व्यक्त गरेर सही गरेको छ। भारत विशेष रूपमा त्रिंकोमालीमा तेल ट्याङ्क फार्महरूलाई पुनर्जीवित गर्नमाथि विचार गरिरहेको छ, जुन विश्वको शानदार प्राकृतिक बन्दरगाहहरूमध्ये एक हो। यही महिना मोदीको कोलम्बो यात्रामा भारत, श्रीलंका र संयुक्त अरब अमीरात (यूएई) ले त्रिंकोमालीलाई 'ऊर्जा केन्द्र' को रूपमा विकसित गर्न एक महत्वाकांक्षी समझौतालाई अन्तिम रूप दिएको छ, जसको व्यापक उद्देश्य यसको आर्थिक विकासलाई प्रोत्साहन दिनमा मद्दत गर्नु हो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande