भारतले समुद्री मार्गबाट अमेरिकालाई 14 टन अनारको पहिलो खेप निर्यात गऱ्यो
भारतले समुद्री मार्गबाट अमेरिकालाई 14 टन अनारको पहिलो खेप निर्यात गऱ्यो


-महाराष्ट्रको अहिल्यानगरबाट अनार न्यूयर्कमा निर्यात गरियोनयाँ दिल्ली, 19 अप्रेल (हि.स)। भारतले पहिलो पटक समुद्री मार्ग मार्फत अमेरिकालाई 14 टन अनार निर्यात गरेको छ। कृषि एवं प्रसंस्कृत खाद्य उत्पाद निर्यात विकास प्राधिकरण (एपीडा)-ले महाराष्ट्रदेखि अमेरिकाको लागि भारतीय अनारको पहिलो वाणिज्यिक समुद्री खेप पठाएको छ। पारम्परिक रूपमा निर्यात हवाई मार्ग मार्फत गरिन्थ्यो।

वाणिज्‍य एवं उद्योग मन्त्रालयले शनिवार जारी बयानमा बतायो, भारतले पहिलो पटक समुद्री मार्गबाट अमेरिकालाई 14 टन अनार निर्यात गरेको छ। पहिला पारम्परिक रूपमा निर्यात हवाई मार्गबाट हुन्थ्यो। अब उद्योग जगतले प्रभावी तथा टिकाउ समुद्री मार्गलाई माल ढुवानीको लागि अप्नाइरहेको छ।

मन्त्रालयको आधिकारिक बयान अनुसार भारतले पछिल्लो महिना भारती अनारको 4,620 बक्साको पहिलो समुद्री खेप जसको वजन लगभग 14 टन थियो, मार्चको दोस्रो सप्ताहमा अमेरिकाको पूर्वी तटमा पुग्यो। यो अनार महाराष्ट्रको अहिल्यानगरबाट अमेरिकाको न्यूयर्कलाई निर्यात गरिएको छ।

एपीडाका अध्यक्ष अभिषेक देवले भने, भारत सरकार वैश्विक बजारको लागि भारतीय ताजा फलहरूलाई प्रेरित गर्नमा अग्रणी रहिआएको छ। एपीडाले पहिला नै अनापत्ति कार्यक्रमको लागि वित्त व्यवस्था गरेर अमेरिकामा आँप अनि अनार जस्ता भारतीय फलहरूको निर्यातमा सहायता पुऱ्याइरहेको छ। उनले भने, “अनारको बहुमूल्य भारतीय भगवा प्रकार” -को ऐतिहासिक वाणिज्यिक समुद्री खेप सफलतापूर्वक अमेरिका पुगिसकेको छ जुन देशका ताजा फलहरूको निर्यातको लागि माइल खुट्टी हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande