उत्तराखण्ड: चमोलीमा कार दुर्घटनाग्रस्त, पॉंचको मृत्यु
उत्तराखण्ड: चमोलीमा कार दुर्घटनाग्रस्त, पॉंचको मृत्यु


देहरादून, 19 अप्रेल (हि.स.)। उत्तराखण्डको चमोली जिल्लामा गोपेश्वरस्थित बिरही-निजमुला मोटर मार्गमा गाड़ी गाउॅं छेउ शुक्रवार एउटा कार दुर्घटनाग्रस्त हुॅंदा पॉंच जनाको मृत्यु भएको छ। चमोली जिल्लामा आज भएको सड़क दुर्घटनामा मुख्यमन्त्री पुष्कर सिंह धामीले गहिरो शोक व्यक्त गरेका छन्।

मुख्यमन्त्रीले मृतकका परिजनलाई अनुमन्य सहायता राशि प्रदान गर्न जिल्ला प्रशासनलाई निर्देश दिएका छन्। उनले दिवंगत आत्माहरूको शान्तिको निम्ति प्रार्थना गर्दै शोक सन्तप्त परिवारहरूप्रति आफ्नो गहिरो समवेदना प्रकट गरेका छन्।

जानकारी अनुसार, कार एउटा विवाह समारोहमा समोल भएर दशोली ब्लकको हरमनी गाउॅं फर्किरहेको थियो। यस क्रममा कार अनियन्त्रित भएर सड़कदेखि लगभग तीन सय मिटर तल झऱ्यो। वाहनमा पॉंच जना थिए। सबै गोलिम गाउॅं निवासी थिए। पॉंचै जनाको घटनास्थलमै मृत्यु भयो। क्षेत्रमा भइरहेको भारी वर्षाका कारण राहत एवं बचाउ कार्य प्रभावित ब​नेको बताइएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande