मुर्शिदाबाद हिंसा: अहिलेसम्म 315 जना पक्राउ, दुई नाबालिग पनि सामेल
फाइल फोटोः मुर्शिदाबाद हिंसा


- पुलिस रिपोर्ट: शमशेरगंजमा भीड़ले बनायो हिन्दू परिवारलाई निशानाकोलकाता, 19 अप्रेल (हि.स.)। वक्फ (संशोधन) अधिनियमको विरोधमा गत हप्ता मुर्शिदाबाद जिल्लामा भड्किएको साम्प्रदायिक हिंसाको मामिलामा अहिलेसम्म 315 जनालाई पक्राउ गरिएको छ। यसमा दुई नाबालिग पनि सामेल छन्। पक्रा परेका व्यक्तिहरूले अहिलेसम्म जमानत पाएका छैनन्। केवल दुई नाबालिगलाई छोडिएको छ। अफवाह र भ्रामक सूचनाहरू फैलाउने कूल 1,257 इन्टरनेट लिङ्क (यूआरएल) लाई पनि अहिलेसम्म ब्लक गरिएको छ।

रिपोर्टमा भनिएको छ, हिंसाको शुरुवात आठ अप्रेलमा रघुनाथगंज थाना क्षेत्र अन्तर्गत पीडब्ल्यूडी मैदानमा वक्फ (संशोधन) अधिनियमको विरोधमा आयोजित प्रदर्शन अवधि भएको थियो। दिउॅंसो भीड अचानक उग्र बन्यो र सरकारी सम्पत्तिलाई क्षति पुऱ्याउनका साथै पुलिसकर्मीहरूमाथि हमला गर्न शुरू गऱ्यो। भीडसॅंग घातक हतियार पनि थियो र उनीहरूले पुलिसकर्मीहरूको हतियार खोसे।

मुर्शिदाबाद हिंसामा पश्चिम बंगाल पुलिसको एक रिपोर्टमा भनिएको छ, जिल्ला खुफिया शाखालाई 11 अप्रेलमा जुमेको नमाजपछि उमरपुर, साजुर मोड र ओल्ड डाकबंगला मोडमा सम्भावित आन्दोलनको जानकारी अगावै प्राप्त भएको थियो। रिपोर्टमा जुन स्थानीय मानिसहरूको भूमिकाको उल्लेख गरिएको छ, त्यसले मुख्यमन्त्री ममता ब्यानर्जी र राज्य सरकारको त्यस दावीमाथि प्रश्न उठाउॅंछ, जसमा हिंसाको निम्ति बाहिरी तत्वलाई जिम्मेवार ठहराइएको थियो।

पुलिस रिपोर्ट अनुसार, 12 अप्रेलमा शमशेरगंज थाना क्षेत्रको घोषपाडा क्षेत्रमा एक स्थानीय मस्जिद छेउ एकत्रित भीडले विशेष रूपमा हिन्दू परिवारहरूको घरलाई निशाना बनायो। दोस्रो दिन कंचनतला मस्जिद छेउ अर्को भीडले हिन्दू परिवारहरूको घरमा तोडफोडको प्रयास गऱ्यो।

उल्लेखनीय छ, कलकत्ता हाई कोर्टको विशेष खण्डपीठका न्यायमूर्ति सौमेन सेन र न्यायमूर्ति राजा बसु चौधरीको पीठले 12 अप्रेल सॉंझ केन्द्रिय अर्धसैनिक बल तैनाथीको आदेश दिएको थियो। पीठले स्पष्ट रूपमा साम्प्रदायिक हिंसा रोक्न राज्य सरकारले चालेका कदमहरू अपर्याप्त रहेको बताएको थियो। कोर्टले यदि केन्द्रिय बलको तैनाथी समयमै भएको भए स्थिति यति गम्भीर र विस्फोटक हुने थिएन भनी टिप्पणी गरेको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande