लोको पायलटहरूको 'अमानवीय' कार्य स्थितिहरूलाई लिएर राहुलले गरे सरकारमाथि हमला
लोको पायलटहरूको 'अमानवीय' कार्य स्थितिहरूलाई लिएर राहुलले गरे सरकारमाथि हमला


नयाँ दिल्ली, 17 अप्रेल (हि.स.)। कांग्रेस नेता एवं लोकसभामा नेता विपक्ष राहुल गान्धीले लोको पायलटहरूको कार्य स्थितिहरूलाई लिएर सरकारको तीखो आलोचना गरेका छन्। उनले आज यहाँ भनेका छऩ्, अमानवीय परिस्थितिहरूमा काम गर्नु न केवल लोको पायलटहरूको साथ अन्याय हो तर ट्रेनहरूमा यात्रा गर्ने करोड़ौं यात्रीहरूको सुरक्षाको साथ पनि खेलवाड़ हो।

राहुल गान्धीले एक्समा एक रिपोट साझा गरेका छन्, जसमा दाबी गरिएको छ कि रेलवेले धेरै परिस्थितिहरूमा छुट्टीको मागलाई खारेज गऱ्यो र महिला कर्मचारीहरूको तर्फबाट भनियो कि उनीहरूलाई शौचालयको सुविधाबिना आठ घण्टाको ड्यूटी गर्नुपऱ्यो।

राहुल गान्धीले थप भने, गत साल जब मैले रेलवेका लोको पार्य़लटहरूलाई भेटे उनीहरूको स्थिति जानेर गहिरो चिन्ता भएको थियो- 14-14 घण्टाको शिफ्ट, लगातार रातको ड्यूटी, न पर्याप्त आराम, न खानाको ब्रेक र न शौचालयको सुविधा। दुर्घटनाहरूपछि रेलवेले मानवीय भूल भनेर आफ्नो जिम्मेवारीदेखि भाग्छ तर यो बताउँदैन कि कर्मचारीहरूबाट कसरी अमानवीय तरीकाले काम गराइन्छ।

कांग्रेस नेताले भने, लोको पायलटहरूको बुनियादी मागहरू थियो कि कामको घण्टा तय होस् र राम्रो माहोल होस्। सरकारले केवल देखाउनका लागि कमिटी बनायो, समाधानको कुनै मनसाय थिएन। अब खाना र शौचालय ब्रेक जस्ता मागहरू पनि ‘यो व्यावहारिक’ होइन भनेर खारेज गरिएको छ।

राहुलले भने, यो न केवल लोको पायलटहरूको साथ अन्याय हो तर करोड़ौं यात्रीहरूको सुरक्षासित पनि खेलवाड़ हो, जसले ट्रेनहरूमा यात्रा गर्छन्। यो न्यायको लड़ाई हो र हामी यसमा लोको पायलटहरूको साथ छौं-जबसम्म सरकार बैरो बनिरहनेछ, हामी आवाज उठाइरहनेछौं।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande