कतै अशान्ति भए र सीआरपीएफ तैनात छ भने विजय सुनिश्चित छ- अमित शाह
शाह


नीमच, 17 अप्रेल (हि.स.)। केन्द्रिय गृहमन्त्री अमित शाह बिहिवार मध्य प्रदेशको नीमचमा सीआरपीएफको 86औं स्थापना दिवस समारोहमा सामेल भए। उनले भने, सीआरपीएफको स्थापनादेखि लिएर अहिलेसम्म 2264 जवानहरूले अलग-अलग मोर्चाहरूमा देशको रक्षाको निम्ति बलिदान दिएका छन्। ती सबै बलिदानीहरूको परिवारहरूलाई म भऩ्न चाहन्छु कि देश 2047 मा सर्वोच्च बन्ने दिशामा अगाड़ी बढ़िरहेको छ। यसमा तपाईको परिवारजनको बलिदानको ठूलो योगदान छ। भारतलाई सीआरपीएफमाथि गर्व छ। कतै अशान्ति भए र सीआरपीएफ तैनात छ भनी मैले थाहा पाए, जित अवश्य हुनेछ भनेर मलाई विश्वास रहन्छ।

केन्द्रिय गृहमन्त्री शाहले भने, 31 मार्च 2026 सम्म देशबाट नक्सलवादको उन्मूलन हुनेछ। यसमा सीआरपीएफ जवानहरूको पनि ठूलो भूमिका रहनेछ। यस अगाड़ी शाहले शहीद स्थलमा वीर जवानहरूलाई श्रद्धाञ्जलि दिए। यसपछि खुल्ला जीपमा सवार भएर परेडको निरीक्षण गरे। समारोहमा सीआरपीएफका 8 टुक्री परेडमा सामेल भए। गृहमन्त्रीले परेडको सलामी लिए। शाहले वीरता पदकहरूको निम्ति चयनित सीआरपीएफ जवानहरूलाई वीरता पदक पनि दिए।

उनले भने, सीआऱपीएफले देशको एकता र अखण्डता बनाई राख्नमा कुनै कमी छोड़ेन। देशमा जहिलेपनि कतै अशान्ति हुन्छ, गृहमन्त्री भएको नाताले सीआरपीएफको जवान त्यहाँ तैनात छ भनी थाहा लाग्यो भने म निश्चित भएर काम गर्छु। मलाई विश्वास छ, सीआरपीएफ छ भने विजय सुनिश्चित छ। सीआरपीएफको स्थापना दिवस समारोहमा मुख्यमन्त्री डा. मोहन यादव, नीमच जिल्लाका प्रभारी मन्त्री निर्मला भूरिया, सांसद सुधीर गुप्ता, नीमच जिल्लाका तीनै विधायक पनि उपस्थित रहे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande