समन पाठक राष्ट्रिय कमिटी सदस्य निर्वाचित
Saman pathak


दार्जिलिङ, 10 मई (हि.स.)। भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का नेता तथा पूर्व राज्यसभा सांसद समन पाठक पार्टीको राष्ट्रिय कमिटी सदस्यमा निर्वाचित भएका छन्। यो अवसरलाई केन्द्रमा राख्दै आज दार्जिलिङ, बिजनवारी र खरसाङ क्षेत्रीय कमिटीको संयुक्त तत्वावधानमा उनलाई एक विशेष कार्यक्रममा अभिनन्दन गरिएको दलीय नेता केबी वातरले जानकारी दिए।

लामो समयपछि उत्तर बंगालबाट एक जना नेताले केन्द्रिय कमिटीमा स्थान पाएको बताइएको छ। कार्यक्रममा उक्त पदलाई ठूलो जिम्मेवारीको रुपमा लिँदै उत्तर बंगाल र पहाडी क्षेत्रका सवालहरू केन्द्रिय कमिटीमा प्रभावकारी रूपमा उठाउने समन पाठकले प्रतिबद्धता व्यक्त गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande