देवरालीस्थित क्यू क्लबमा समर ओपन अन्तरराष्ट्रिय स्नूकर च्याम्पियनशिप आयोजित
देवरालीस्थित क्यू क्लबमा समर ओपन अन्तरराष्ट्रिय स्नूकर च्याम्पियनशिप आयोजित


गान्तोक, 10 मई (हि.स.)। सिक्किम राज्य स्थापनाको 50औं वर्षगॉंठको शुभ अवसरमा स्नूकर संघ सिक्किमको तत्वावधानमा राजधानीको देवरालीस्थित क्यू क्लबमा समर ओपन अन्तरराष्ट्रिय स्नूकर च्याम्पियनशिप आयोजना गरिएको छ। सिक्किम सरकारको ग्रामीण प्रबन्धन एवं सहकारिता विभागका मन्त्री अरूण कुमार उप्रेतीले यो प्रतियोगिताको आधिकारिक रूपमा शुरू भएको घोषणा गरे।

मन्त्री उप्रेती यस अवसरमा मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए। मन्त्री उप्रेतीको साथमा स्नूकर संघ सिक्किमका अध्यक्ष बासु शर्मा, सिक्किम क्रान्तिकारी मोर्चा पार्टी सोशियल मिडिया राज्य स्तरीय अध्यक्ष नवीन दाहाल, संघका सम्पूर्ण कार्यकारिणी सदस्यहरू, खेलाडीहरू लगायत अन्य गन्यमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।

आफ्नो संक्षिप्त सम्बोधनमा मन्त्री उप्रेतीले प्रतियोगिताको लागि सफलताको शुभकामना व्यक्त गरे। स्नूकर एक सम्मानित खेल रहेको उल्लेख गर्दै यो खेलमा ध्यान, धैर्य र सठीकताको आवश्यक्ता पर्ने बताए। भविष्यमा सिक्किममा यो खेलबाट खेलाडीहरू निश्चित रूपमा चम्किने र राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमा राज्यलाई गौरवान्वित तुल्याउने उनले विश्वास व्यक्त गरे।

भारत लगायत नेपालका शीर्ष खेलाडीहरूले पनि यो प्रतियोगितामा सहभागिता जनाइरहेका छन्। आजदेखि शुरू भएको यो प्रतियोगिताको समापन आगामी 16 मईको दिन हुने आयोजक पक्षले जानकारी गराएको छ। प्रतियोगितामा 61 खेलाडीहरूले भाग लिइरहेका छन्, जसमा सिक्किम लगायत उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल, नागाल्याण्ड, मणिपुर र नेपालका खेलाडीहरू सामेल छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande