-यूएस 30 प्रतिशत अऩि चीन 10 प्रतिशत, एका-अर्कामाथि लगाउनेछ ट्यारिफ, नियम 14 मईदेखि प्रभावकारी हुनेनयाँ दिल्ली, 12 मई (हि.स)। अमेरिका र चीनमाझ जिनेभामा भइरहेको दुई दिवसीय बैठकपछि ट्रेड डीलमाथि सहमति कायम भएको छ। दुवै देशले ट्यारिफमा 115 प्रतिशत कटौती गर्ने घोषणा गरेका छन्। जिनेभामा दुई देशबीच भएको सम्झौता अऩुसार अमेरिकाले चीनका वस्तुहरूमाथि 30 प्रतिशत ट्यारिफ लगाउनेछ भने अमेरिकी सामानहरूमाथि चीनले 10 प्रतिशत ट्यारिफ लगाउनेछ। दुई देशमाझ ट्यारिफमा भएको यो फेरबदल आगामी 14 मई, 2025-देखि लागू हुनेछ।
अमेरिका औ चीनबीच जिनेभामा भइरहेको दुई दिवसीय बैठकपछि सोमवार जारी एक बयानमा बताइयो, यी दुवै देश एका-अर्कामाथि ट्यारिफ घटाउनेलाई लिएर सहमत भएका छन्। यसप्रकारको सहमतिपछि अमेरिकाले चीनमाथि 90 दिनको लागि ट्यारिफलाई 30 प्रतिशत बनाएको छ भने चीनले पनि अमेरिकाको लागि 90 दिनसम्मको लागि ट्यारिफलाई 125 प्रतिशतदेखि घटाएर 10 प्रतिशत बनाइदिएको छ। अमेरिका एवं चीनले भने, उनीहरू ट्यारिफमाथि 90 दिनको विराम लगाउनेमा सहमत भएका छन्। यसबाट पारस्परिक शुल्क द्रूत गतिमा घट्नेछ। यसले व्यापारीहरूमा भरोसा पनि जगाएको छ कि व्यापक रूपमा व्यापार युद्ध स्थगित भएको छ।
उल्लेखनीय छ, यो बैठक गत 9 मईदेखि शुरू भएको थियो जसको अगुवाई अमेरिकी ट्रेजरी सेक्रेटरी स्कट बेसेन्ट र चीनीयाँ उप-प्रधानमन्त्री हे लिफेंगले गरेका छन्। अब यस बैठकबाट दुई देशबीच चलिरहेको ट्रेड वार केही समयको लागि स्थगित भएको छ। दुई देशबीच भएको सहमतिले आज शेयर बजार तथा डलरमा तीव्रता आएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा