इस्लामाबाद, 25 मई (हि.स.)। अपरेशन सिन्दूरमा भारतको हमलाबाट भयभीत पाकिस्तानले अब आफ्नो रक्षा बजेट बढाउने भएको छ। पाकिस्तानका योजना मन्त्री अहसन इकबालले पाकिस्तानको निम्ति रक्षा बजेट बढ़ाउन आवश्यक रहेको बताएका छन्।
योजना मन्त्री इकबालले भने, आर्थिक वर्ष 2025-26 को सामान्य बजेटमा रक्षा बजेटमा उल्लेखनीय वृद्धि गर्नु हाम्रो राष्ट्रिय कर्तव्य हो। यसले सेनालाई आवश्यक पर्ने उपकरणहरू खरिद गर्न सक्षम बनाउनेछ। भारतको नाम नलिई उनले शनिवार इस्लामाबादमा भने, हाम्रो छिमेकी धेरै खतरनाक छ, जसले रातको अँध्यारोमा पाकिस्तानमाथि आक्रमण गर्यो। यदि अर्को आक्रमण भयो भने हामीले उचित जवाफ दिन सकौं भनेर हामी तयार हुनुपर्छ।
पाकिस्तानको बजेट 10 जुनमा प्रस्तुत हुन सक्छ। उल्लेख्य, हालै अपरेशन सिन्दूरको क्रममा भारतले पाकिस्तानमा हवाई आक्रमण गर्यो र यसका सबै आतङ्कवादी लञ्च प्याडहरू ध्वस्त पाऱ्यो, जबकि 11 एयरबेसमा पनि ठूलो क्षति पुगेको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी