नयाँ दिल्ली, 17 मई (हि.स)। केन्द्रिय ऊर्जा मन्त्री मनोहर लाल आगामी 19 मईमा आयोजना हुने ब्रिक्स ऊर्जा मन्त्रीहरूको बैठकमा भाग लिनका लागि ब्राजीलको आधिकारिक यात्रामा प्रस्थान भए। बैठकमा भारत ऊर्जाको क्षेत्रमा पछिल्लो दशकमा आफूले हासिल गरेको उपलब्धिहरू प्रदर्शन गर्नेछ।
ऊर्जा मन्त्रालयले शनिवार एक बयान जारी गरी बतायो, ऊर्जा मन्त्री मनोहर लालले ब्रिक्स देशहरूका ऊर्जा मन्त्रीहरूसित समावेशी औ दिगो वैश्विक शासनको लागि वैश्विक दक्षिण सहयोगलाई सशक्त बनाउने विषय अन्तर्गत ऊर्जा सुरक्षा, पहुँच, सामर्थ्य औ स्थिरता जस्ता महत्वपूर्ण मुद्दहरूमा चर्चा गर्नेछन्। यस बैठकमा भारतले आफ्नो पछिल्लो दशकमा हासिल गरेका उपलब्धिहरू प्रदर्शन गर्नेछ जसमा बिजुली क्षमतामा 90 प्रतिशत वृद्धि, नवीकरणीय ऊर्जा, हरित हाइड्रोजन औ जैव इन्धनमा नेतृत्व साथै ऊर्जा क्षेत्रमा नवाचार एवं दिगो विकास सामेल छन्।
यसको साथै देशले ऊर्जासम्म समान पहुँच सुनिश्चित गर्न अनि ऊर्जा परिवर्तनमा तीव्रता ल्याउनको लागि आफ्नो प्रतिबद्धतालाई पनि पुष्टि गर्नेछ। बयानमा भनिएको छ, मन्त्री मनोहर लालको यो यात्रा एक सशक्त, भविष्योन्मुख औ टिकाऊ ऊर्जा क्षेत्रको निर्माणमा ब्रिक्स देशहरू सहित सक्रिय रूपमा सहयोग गर्ने भारतको दृढ़ संकल्पलाई रेखांकित गर्दछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा