दिल्ली क्यान्टमा ड्रग्स तथा विदेशी सिगरेट ऱ्याकेटको भण्डाफोड़, एकजना पक्राउ
दिल्ली क्यान्टमा ड्रग्स तथा विदेशी सिगरेट ऱ्याकेटको भण्डाफोड़, एकजना पक्राउ


नयाँ दिल्ली, 21 मई (हि.स.)। दक्षिण-पश्चिम जिल्लाको एन्टी नारकोटिक्स टास्क फोर्स (एएनटीएफ)-ले दिल्ली क्यान्टको महरम नगर क्षेत्रमा भइरहेको अन्तर्राष्ट्रिय ड्रग ऱ्याकेटको भण्डाफोड़ गरेको छ। यस कारबाहीमा टीमले एकजना आरोपीलाई पक्राउ गरी उसको कब्जाबाट प्रचुर मात्रामा प्रतिबन्धित नशालू औषधि तथा विदेशी सिगरेट जफ्त गरेको छ।

पुलिस मुताविक पक्रा पर्ने आरोपी सञ्जय कुमार (48) मूलरूपमा उप्रको जौनपुर जिल्लाको हो। आरोपीले दिल्लीमा अन्तर्राष्ट्रिय कुरियर सर्भिसको आड़मा अवैध कारबार गरिरहेको थियो। छापामारीमा उसको अफिसबाट अल्प्राज़ोलम र ज़ोल्पिडेमको 83,090 ट्याबलेट्स तथा 26,000 प्याकेट्स विदेशी सिगरेट जफ्त गरिएको छ जसमा वैधानिक चेताउनी वा एमआरपी अंकित थिएन।

पुलिस मुताविक जिल्लाको एएनटीएफ टीमलाई गुप्त सूचना प्राप्त भएको थियो कि महरम नगर क्षेत्रमा केही मानिसहरूले कुरियरको आड़मा प्रतिबन्धित औषधि तथा विदेशी सिगरेटको तसक्री गरिरहेका छन्। टीमले क्षेत्रको सीसीटी क्यामराको निगरानी, तकनिकी सर्वेक्षण तथा सुराकीहरूको सहयोगमा जानकारीलाई पुख्ता गऱ्यो। त्यसपछि साँझ लगभग 7:30 बजे आरोपीलाई उसको ठेगानाबाट पक्राउ गऱ्यो।

दुबईबाट संचालन भइरहेको थियो ऱ्याकेट-जाँचबुझमा सामु आयो, सञ्जय कुमारको भाइ प्रमोद पाण्डे यस सम्पूर्ण नेटवर्कको मास्टरमाइण्ड हो जसले हाल दुबईमा बसेर यस नेटवर्कलाई चलाइरहेको छ। उसले 'जंगी' औ 'व्हाट्सएप' जस्ता इन्टरनेट एप्सको माध्यमबाट सञ्जय र उसको साथी जोगिन्दरलाई निर्देश दिन्थ्यो। यो ग्यांगले भारतबाट प्रतिबन्धित औषधि तथा विदेशी सिगेरटलाई कपड़ा एवं मसलाहरूको प्याकेटमा लुकाएर एयर कार्गोको माध्यमबाट अस्ट्रेलिया, दुबई एवं अमेरिकामा पठाउँथ्यो। यिनीहरूको कमाई विदेशी मुद्रामा हुन्थ्यो।

अर्कोतिर जाँचमा थाहा लागे अनुसार पक्रा पर्ने सञ्जय कुमार यसअघि पनि वर्ष 2011-मा एऩसीबी दिल्ली तथा पछि मुम्बईमा ड्रग्सको मामिलामा पक्रा परिसकेको छ। जमानतमा रिहा भएपछि उसले फेरि आफ्नो भाइसित मिलेर अवैध व्यापार शुरू गरेको थियो।

छापामारीमा पुलिसले 66,600 ट्याबलेट्स अल्प्राज़ोलम (1एमजी प्रत्येक), 16,490 ट्याबलेट्स ज़ोल्पिडेम, 10,000 प्याकेट्स रिच मन्ड किंग साइज रियल ब्लू, 1,000 प्याकेट्स बिजनेस रोयल्स किंग साइज (यूके), 1,000 प्याकेट्स प्लैटिनम सेवन (स्विट्जरल्याण्ड) औ 14,000 प्याकेट्स म्यानचेस्टर यूनाइटेड किंगडम सिगरेट्स जफ्त गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande