
प्रयागराज, 0८ मार्च (हि.स.)। चलिरहेको ट्रेनमा श्रीकृष्ण जन्मभूमि प्रकरणका मुख्य वादी आशुतोष ब्रह्मचारीमाथि प्राणघातक आक्रमणको मामला सार्वजनिक भएको छ। प्रयागराज जीआरपीले मामिलाको जाॅंच शुरु गरेको छ।
पुलिसका अनुसार, आशुतोष ब्रह्मचारी महाराज रेलबाट यात्रा गरिरहेका थिए। सोही क्रममा सिराथू रेलवे स्टेशन नजिकै अज्ञात आक्रमणकारीहरूले उनीमाथि धारिलो हतियारले आक्रमण गरे। आक्रमणकारीहरूले उनको नाकमा प्रहार गर्ने प्रयास गरे, जसबाट उनलाई धेरै ठाउँमा गहिरो चोट लाग्यो।
आरोप छ, आक्रमणको समयमा आफ्नो ज्यान बचाउन आशुतोष ब्रह्मचारी रेलको बाथरूममा बन्द भए, जसले गर्दा उनको ज्यान बाच्यो। घटनापछि उनले प्रयागराज पुगेर राजकीय रेलवे पुलिस (जीआरपी) थानामा लिखित उजुरी दिएका छन्।
आशुतोष ब्रह्मचारीले आफ्नो उजुरीमा स्वामी अविमुक्तेश्वरानन्द, मुकुन्दानन्दसहित केही अन्य व्यक्तिहरूमाथि षड्यन्त्रअन्तर्गत उनको नाक काट्ने योजना बनाएको आरोप लगाएका छन्। यस मामिलामा जीआरपीले उजुरीको आधारमा जाॅंच शुरु गरेको छ।
यस सम्बन्धमा जीआरपी प्रयागराजका पुलिस अधीक्षक प्रशान्त वर्माले आइतबार बताए, घटनाको जानकारी प्राप्त भएको छ। पीडितको उजुरीको आधारमा मामिलाको जाॅंच भइरहेको छ। उनले भने, रेल र सम्बन्धित स्थानहरूको बारेमा जानकारी सङ्कलन गरिँदै छ। दोषीहरूविरुद्ध कानुनी कारबाही गरिनेछ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी