लिवरपुल, 26 मई (हि.स.)। लिवरपुलले आइतवार राति क्रिस्टल प्यालेससँग 1-1 को बराबरी खेल्दै प्रिमियर लिग 2024-25 को उपाधि अभियानको अन्त्य गरेको छ। खेलमा मोहम्मद सालाहले 84औं मिनेटमा उत्कृष्ट गोल गर्दै टोलीलाई हारबाट बचाए। यसअघि, इश्माइला सारले नवौं मिनेटमा गोल गर्दै प्यालेसलाई शुरुवाती अग्रता दिलाएका थिए।
लिवरपुलले चार खेल बाँकी रहँदा नै उपाधि जितिसकेको थियो। यस्तो अवस्थामा एनफिल्ड स्टेडियमको वातावरण पूर्ण रूपमा उत्सवमा डुबेको थियो। रोचक कुरा के छ भने गत हप्ता आफ्नो एफए कप जितको उत्सव मनाएका प्यालेसका फ्यानहरूले पनि 'च्याम्पियन्स' को नारा लगाएर उत्साह थपेका थिए।
ट्रेन्ट अलेक्ज्याण्डर-अर्नोल्डलाई खेलको दोस्रो हाफमा ल्याइयो। यो उनको लिवरपुलका लागि 354 औं र अन्तिम खेल थियो। रिपोर्टका अनुसार, उनी रियल म्याड्रिड जाँदैछन्। उनले डार्विन नुनेजलाई उत्कृष्ट पास दिए, तर गोलकिपर डीन हेन्डरसनले राम्रो बचाउ गरे।
खेलको 84 औं मिनेटमा सालाहले कराँते-किक शैलीमा गोल गर्दै खेल बराबरी गरे। यो सिजनको उनको 29 औं गोल थियो। उनले एन्डी कोल र एलन शियररको 47 गोल संलग्नता (गोल + असिस्ट) को रेकर्डको बराबरी पनि गरे।
यो खेलसॅंगै लिवरपुलले च्याम्पियन सिजनको अन्त्य गर्नुका साथै क्लबले ट्रफी जित्नुका साथै ट्रेन्ट र प्रबन्धक जुर्गन क्लपको बिदाई पनि गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी