कोलकाता, 09 मई (हि. स.)। आईआईटी खड़गपुरले तेस्रो वर्षका सिभिल इञ्जीनियरिंग छात्र महोम्मद आसिफ कमरको संदिग्ध मृत्युको मामिलामा एफआईआर दर्ता गर्ने फसेला गरेको छ। गत 4 मईमा छात्रको शव होस्टेलको कोठाभित्र भेटिएपछि संस्थानले स्थानीय पुलिसलाई तत्काल सूचित गरेको थियो भने अब औपचारिक रूपमा प्राथमिकी दर्ता गरिँदैछ।
आईआईटी खड़गपुरका कार्यवाहक निदेशक अमित पात्राले बताए, पहिला पुलिसलाई लिखित र मौखिक सूचना दिइएको थियो भने अब कानूनी प्रक्रिया अन्तर्गत एफआईआर दर्ता गरिँदैछ। उनले भने, कुनै अप्राकृतिक घटना घटेको खण्डमा हामीले सदैव नै पुलिसलाई सूचित गरेका छौं। कमरको मामिलामा पनि हामीले यस्तै गऱ्यौं। अब संस्थानले कानून अनुसार एफआईआर दर्ता गरिरहेको छ ताकि जाँच पूर्ण प्रक्रिया अन्तर्गत हुन सकोस्।
यो कदम यस्तो समयमा उठाइँदैछ जतिबेला उच्चतम न्यायालयले गत 6 मईमा यो मामिला र राजस्थानको कोटामा भएको नीट उम्मेद्वारको आत्महत्याको मामिलामा स्वतः संज्ञान लिएको थियो। न्यायालयले विशेष रूपमा प्रश्न गरेको थियो, के कमरको मृत्युपछि एफआईआर दर्ता गरिेको छ?
यसबीच संस्थानले हालका आत्महत्याहरूको जाँच अनि भविष्यमा यस्ता मामिलाहरूलाई रोक्नको लागि सुझाउ दिनको लागि एउटा समिति गठन गर्ने प्रक्रिया शुरू गरेको छ। गएको जनवरी महिनादेखि अहिलेसम्ममा आईआईटी खड़गपुरमा तीनजना छात्रहरूले आत्महत्या गरिसकेका छन् जसबाट संस्थानमाथि प्रश्न तेर्सिन थालेको छ।
कमरको शव पं. मदन मोहन मालवीय हल अफ रेजिडेन्सको कोठाभित्र झुण्डिरहेको अवस्थामा भेटिएको थियो। यो घटना चौथो वर्षका छात्र अनिकेत वालकरको मृत्यु भएको मात्र दुई हप्तापछि भएको थियो जो ओशन इञ्जीनियरिंग औ नेवल आर्किटेक्चर विभागमा पढ़्दथे। यसपूर्व 12 जनवरीमा तेस्रो वर्षका छात्र शौन मलिकको शव पनि उनको होस्टेलको कोठाबाटै भेटिएको थियो। जून, 2024-मा बायोटेक्नोलजी एवं बायोकेमिकल इञ्जीनियरिंगकी छात्रा देविका पिल्लईले पनि आत्महत्या गरेकी थिइन्।
लगातार भइरहेको यस्ता घटनाहरूले आईआईटी खड़गपुर जस्ता प्रतिष्ठित संस्थानमा विद्यार्थीहरूको मानसिक स्वास्थ्य अनि संस्थागत तन्त्रमाथि गम्भीर प्रश्न उठाइरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा