मुर्शिदाबाद, 09 मई (हि.स.)। जिल्लाको शमशेरगञ्जमा एकजना टोटो चालकको क्षत-विक्षत शव भेटिएको घटनाले सम्पूर्ण क्षेत्रमा कोकोहोलो मच्चाइदिएको छ। पुलिस सूत्र अनुसार टोटो चालकको नाम डालिम शेख (28) हो।
सूत्र अनुसार शुक्रवार बिहान प्रातः भ्रमणको लागि हिँड़ेका स्थानीय मानिसहरूले फिडर नहर संलग्न क्षेत्रमा युवकको शवलाई देखे। यसको सूचना तत्कालै पुलिसलाई दिइयो। पुलिसले घटनास्थलमा पुगेर शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदियो। स्थानीय मानिसहरूले बताए, डालिम क्षेत्रमा धेरै लोकप्रिय थिए। उ सदा जस्तै गए बिहीवार साँझ पनि घरबाट निक्लेका थिए, तर अबेर रातीसम्म पनि घर फर्केनन्। परिवारका सदस्यहरूले बारम्पार फोनमा सम्पर्क गर्ने प्रयास गरे, तर सम्पर्क हुन सकेन। परिवारका सदस्यहरू धेरै चिन्तित थिए। बिहान फिडर नहर संलग्न क्षेत्रमा युवकको शव भेटियो।
प्रारम्भिक जाँचमा हत्या भएको हुनसक्ने आशंका व्यक्त गरिएको छ। पुलिसको मान्यता छ, टोटो चालकको हत्या अन्यत्र गरेर शवलाई यहाँ फालिएको हो। यो हत्या कुनै पुरानो शत्रुताको कारणले भएको हो वा अन्य कुनै कारणले अहिलेसम्म स्पष्ट हुन सकेको छैन। पुलिस मामिलाको जाँचमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा