मंगन, 9 मई (हि.स.)। लाचेन मंगन निर्वाचन क्षेत्रका विधायक एवम् सामाजिक कल्याण विभाग मन्त्री साम्डुप लेप्चाको अध्यक्षतमा आज सिक्किम ऊर्जा लिमिटेड, पञ्चायत सदस्य र चुङथाङ ग्राम पञ्चायत यूनिटका जिल्ला सदस्यहरूलाई लिएर एक महत्वपूर्ण सभा सम्पन्न भयो।
सभामा विशेष गरेर चुङथाङ ग्राम पञ्चायत यूनिटका प्रभावित जनतालाई कसरी लाभ पुऱ्याउन सकिन्छ भन्ने विषयमा छलफल गर्नका साथै उनीहरूको आवश्यकतालाई पूरा गर्नुपर्ने विषयलाई प्राथमिकता दिएको थियो। सभामा स्थानीय मानिसहरूको जीवनस्तरलाई माथि उठाउन विभिन्न पहल र परियोजनाहरूमाथि गहन रूपमा छलफल गरियो।
सभामा प्रभावित क्षेत्रलाई कसरी विकास गर्न सकिन्छ भन्नेबारेमा सबैले आफ्नो मन्तव्य साथै विचार व्यक्त गरे। मन्त्री लेप्चाले छोतेन सडक र थिङ सडकको भ्रमण गर्दै स्थानीयहरूले भोग्न परिरहेको विभिन्न चुनौतीहरूको बारेमा जानकार लिए।
हिन्दुस्थान समाचार / बिशाल