सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीशले गरे सोरेङ जिल्लाको सत्र न्यायालयको भ्रमण
सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीशले गरे सोरेङ जिल्लाको सत्र न्यायालयको भ्रमण


सोरेङ, 9 मई (हि.स.)। सिक्किम उच्च न्यायालयका मुख्य न्यायधीश न्यायमूर्ति विश्वनाथ सोमाद्दरले आज सोरेङ जिल्लाको सत्र न्यायालयको भ्रमण गरे। भ्रमणको क्रममा उनले भवन तथा आवास विभाग, वन विभाग र परियोजनाको वास्तुकला टोलीका अधिकारीहरूसँग निर्माणाधीन जिल्ला तथा सत्र न्यायालय परिसरको स्थलगत निरीक्षण गर्दै आवश्यक विशिष्टता र मापदण्डहरू सुनिश्चित गर्ने कार्य गरे।

उनले न्यायालय परिसरमा समावेश गरिने वास्तुकला रूपरेखा, पूर्वाधार योजना र सुविधाहरूको बारेमा विस्तृत छलफल गरे। उनले सम्बन्धित अधिकारीहरूलाई परियोजनाको समय सीमा कडाइका साथ पालन गर्न र डिजाइनमा पहुँच, कार्यक्षमता र दिगोपनलाई प्राथमिकता दिन निर्देशन दिए।

यसअघि, मुख्य न्यायाधीशले मेगी डॉंडामा रिन्चेन छोलिङ गुम्पाको भ्रमण गरे, जहाँ उनले पूजा प्रार्थना गरे। भ्रमणपछि, उनले महामहिम तुल्कु साङ्गे योन्तेन ग्याछो रिन्पोछेसॅंग भेट गरे र गुम्पा समिति सदस्यहरूसँग सौहार्दपूर्ण अन्तरक्रिया गरे। अन्तरक्रियाको क्रममा, समितिका सदस्यहरूले न्यायमूर्तिलाई गुम्पाको समृद्ध इतिहास र सांस्कृतिक महत्वको बारेमा जानकारी गराए।

हिन्दुस्थान समाचार / प्रदीप


 rajesh pande