गान्तोक, 09 मई (हि.स.)। राज्यका मुख्य प्रशासक बीवी पाठक र मुख्य सचिव आर. तेलाङको अध्यक्षतमा आज देशका प्रधानमन्त्री नरेन्द्र मोदीको सिक्किम भ्रमणको तयारीलाई एक समीक्षा बैठक टाशीलिङ सचिवालयमा सम्पन्न भयो। उक्त सभामा विशेष गरेर प्रधानमन्त्रीको सिक्किम आगमनलाई लिएर सुरक्षा, आपतकालिन प्रतिक्रिया लगायत अन्य विषयहरूमाथि छलफल गरियो।
सभालाई सम्बोधन गर्दै मुख्य प्रशासक पाठक र मुख्य सचिवले सिक्किमको 50औं राज्य स्थापना दिवस समारोहमा भाग लिन आइरहेका प्रधानमन्त्रीको निर्बाध यात्रा सुनिश्चित गर्नका लागि सम्बन्धित विभागहरूलाई विशिष्ट कार्य र निर्देश दिएका छन्।
हिन्दुस्थान समाचार / प्रदीप