असम प्रदेश भाजपाले जारी गऱ्यो नयाँ पदाधिकारीहरूको सूची
असम प्रदेश भाजपाले जारी गऱ्यो नयाँ पदाधिकारीहरूको सूची


गुवाहाटी, 19 जून (हि.स.)। भारतीय जनता पार्टी (भाजपा), असम प्रदेशका अध्यक्ष एवं सांसद दिलीप सैकियाले बिहीवार पार्टीको राज्य समितिका नयाँ पदाधिकारीहरूको नाम घोषणा गऱ्यो। पार्टीका आठैवटा मोर्चाका अध्यक्षहरूको नाम आगामी दश दिनभित्रमा घोषणा गरिनेछ।

भाजपा प्रदेशको मुख्य कार्यालय अटल बिहारी वाजपेयी भवनमा आयोजित एक सम्वाददाता सम्मेलनमा असम प्रदेशका 10 उपाध्यक्ष, 4 महासचिव, 10 सचिव, कोषाध्यक्ष औ कार्यालय सचिवसँगसँगै सोशल मीडिया प्रबन्धक, आईटी प्रबन्धक, मुख्य प्रवक्ता, मीडिया समन्वयक औ कार्यालय प्रबन्धकको नाम घोषणा गरियो।

प्रदेश अध्यक्ष दिलीप सैकियाले पदाधिकारीहरूको नाम घोषणा गरे। यस अवसरमा उनले भने, विभिन्न क्षेत्रहरूमा कुशल तथा अनुभवी कार्यर्ताहरूलाई जिम्मेवाारी सुम्पिइएको छ। असमको भौगोलिक उपस्थिति औ जनजातीय समुदायहरूको प्रतिनिधित्वमाथि बल दिइएको छ। उनले भने, पार्टीका आठैवटा मोर्चाका अध्यक्षहरूको नाम आगामी दश दिनभित्रमा घोषणा गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande